Successfully Copied

शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गत शुक्रबार कलेजो प्रत्यारोपण गरिएको छ । सर्जन डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले कलेजो प्रत्यारोपण गरेको हो । ५८ वर्षीय बुबालाई ३३ वर्षीया छोरीले कलेजो प्रदान गरेकी हुन् । अस्पतालले १६ घण्टा लामो समय लगाएर उक्त प्रत्यारोपण सम्पन्न गरेको हो । 

शल्यक्रियामा डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीसहित झन्डै ५० जनाको टोली सहभागी भएको थियो । सर्जरीमा डा. भण्डारीको नेतृत्वमा १२ जना सामेल थिए । अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण भएको हो । यसअघि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण भएको थियो ।

यद्यपि केन्द्रले अहिले कलेजो प्रत्यारोपणलाई निरन्तरता दिन सकेको छैन । शिक्षण अस्पतालमा गरिएको कलेजो प्रत्यारोपणमा सहयोग गर्न भारतको एपोलो अस्पतालबाट समेत टोली आएको थियो । अस्पतालले ५ वर्षको प्रयासपछि प्रत्यारोपण सेवा सुरु गरेको हो ।

 Image