स्वस्थ रहन
बालबालिकाहरूलाई घरको भन्दा बाहिरको खाना (जंकफुड) मन पर्ने भएकाले सन्तुलित आहारको कमी हुन सक्छ । उनीहरूमा मिनरल्स, क्याल्सियम तथा आइरनको कमी देखापर्न सक्छ ।

गर्मीमा खानपानमा विशेष ध्यान पुर्याउनुपर्छ । शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन । प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।
गर्मीमा लौकाको जुस अथवा तरकारीको रस खान सकिन्छ । लौकामा प्रशस्त पानी हुनुका साथै ग्याग्नेसियम भिटामिन ए तथा भिटामिन सी हुन्छ ।
पानीमा कागती हाली सर्बत बनाएर खान सकिन्छ ।
यदि गर्मीमा बान्ता भए वा झाडापखाला लागे नरिवल पानी खान सकिन्छ ।
खरबुजाको जुस शरीरका लागि फाइदाजनक हुन्छ । यसबाट भिटामिन बी वान, बी टु तथा बी फाइबर प्रशस्त मात्रामा पाइन्छ ।
काँक्रा, प्याज तथा सागको सलाद खाँदा पनि फाइदा मिल्छ ।