महिला नेतृत्वलाई विश्वास गर्नुपर्छ -रोशनी अधिकारी
नेतृत्वमा आइसकेका महिलालाई निकै चुनौती छ । कतिपय स्थानमा महिला नेतृत्वलाई खुला हृदयले खुसी भएर स्वीकार गर्ने कुरा विकासकै क्रममा छन् ।
अमेरिकाको फर्च्युन म्यागजिनले यो वर्ष घोषणा गरेको विश्वका ५० जना महिला नेतृत्वकर्ताको सूचीमा मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनीता दनुवार पनि समावेश छिन् । मानव बिचेबिखनबाट प्रभावित महिलाहरूको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्ष दनुवार विश्वका ५० विशेष नेतृत्वकर्ता (नेता) मा परेकी हुन् ।
अमेरिकाको प्रख्यात पत्रिका ‘फर्च्युन म्यागजिन’ ले विश्वका ५० नेतृत्वकर्ताको सूचीमा उनलाई ३६ औं नम्बरमा राखेको छ । मानव बेचबिखनविरुद्ध गरेको सशक्त कामले दनुवारलाई यो सूचीमा पारेको म्यागजिनले जनाएको छ ।
१४ वर्षको उमेरमा भारतको वेश्यालयमा बेचिएकी दनुवार ६ महिनापछि त्यहाँबाट मुक्त हुन सफल भएकी थिइन् । शक्ति समूहले अहिलेसम्म बेचिएका २० हजारभन्दा बढी महिलाको उद्धारमा सघाएको म्यागजिनमा उल्लेख छ ।