‘मेरो दुःख पोख्ने साथी गीत हो’ - राधिका अधिकारी
गीतमा जीवन भेटियोस् भन्ने लाग्छ । त्यो कहिले माया भएर पोखिन्छ, कहिले समाजका अन्य घटनाक्रम गीतमा लेखिन्छ ।
गोलकास्ट डटकमले सार्वजनिक गरेको सन् २०१० देखि २०१९ सम्मको प्रेरणादायी व्यक्तित्वमा नेपालकी समाजसेवी पुष्पा बस्नेत पहिलो नम्बरमा परेकी हुन् ।
उनी दशककै प्रेरणादायी व्यक्तित्व घोषित भएकी छिन् । गोलकास्टले पुष्पालाई पहिलो नम्बरमा पार्दै उनलाई आश्चर्यजनक मानवको संज्ञा दिएको थियो ।
पुष्पाले जेलमा परेका आमाबुवाका सन्तानको पालनपोषणका साथै शिक्षादीक्षा दिँदै आएकी छिन् । उनले २०७२ सालको भूकम्पले भत्काएका विद्यालयको पुनर्निर्माण गरेकी थिइन् ।
पुष्पाले सीएनएन हिरो र सीएनएन सुपर हिरोको एवार्ड पनि जितिसकेकी छिन् ।