आर्याको सहभागीता
जापानको आशोका शहरमा सञ्चालन हुने एक सौन्दर्य प्रतियोगितामा आर्या सिंह राजवंशीले सहभागिता जनाउने भएकी छिन् । यहि सेप्टेम्बर ८ देखि १७ सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा १६ वर्षिया आर्याले नेपालको प्रतिनिधित्व गर्ने छिन् ।
गोलकास्ट डटकमले सार्वजनिक गरेको सन् २०१० देखि २०१९ सम्मको प्रेरणादायी व्यक्तित्वमा नेपालकी समाजसेवी पुष्पा बस्नेत पहिलो नम्बरमा परेकी हुन् ।
उनी दशककै प्रेरणादायी व्यक्तित्व घोषित भएकी छिन् । गोलकास्टले पुष्पालाई पहिलो नम्बरमा पार्दै उनलाई आश्चर्यजनक मानवको संज्ञा दिएको थियो ।
पुष्पाले जेलमा परेका आमाबुवाका सन्तानको पालनपोषणका साथै शिक्षादीक्षा दिँदै आएकी छिन् । उनले २०७२ सालको भूकम्पले भत्काएका विद्यालयको पुनर्निर्माण गरेकी थिइन् ।
पुष्पाले सीएनएन हिरो र सीएनएन सुपर हिरोको एवार्ड पनि जितिसकेकी छिन् ।