Successfully Copied

मोर्डन पेरेन्टिङ

मोर्डन पेरेन्टिङलाई अनलाइन हबभित्रको अभिभावकत्व भन्न सकिन्छ । जहाँ अत्यन्त व्यस्त व्यवसायिक अभिभावकहरूलाई आफ्ना बालबालिकालाई कसरी असल मार्गमा लगाउने भन्ने ज्ञान, त्यसका लागि समुदाय, एक–आपसमा सहयोग तथा म एक्लो छैन भन्ने महसुस गराइन्छ ।

कुमुद भट्ट छतकुली प्रारम्भिक बालशिक्षा विशेषज्ञ तथा प्रिन्सिपल, हाइड एण्ड सिक स्कुल

मोर्डन पेरेन्टिङ के हो ?

मोर्डन पेरेन्टिङलाई अनलाइन हबभित्रको अभिभावकत्व भन्न सकिन्छ । जहाँ अत्यन्त व्यस्त व्यवसायिक अभिभावकहरूलाई आफ्ना बालबालिकालाई कसरी असल मार्गमा लगाउने भन्ने ज्ञान, त्यसका लागि समुदाय, एक–आपसमा सहयोग तथा म एक्लो छैन भन्ने महसुस गराइन्छ ।

 

यसले पेरेन्टिङमा कस्तो प्रभाव पार्छ ?

अहिलेको प्रविधियुक्त समयमा यो निकै प्रभावकारी छ । अब त्यो जमाना रहेन जतिबेला ठूला–ठूला संयुक्त परिवार हुन्थे, मन्दिर, पाटी, पौवामा छलफल र भेटघाट गरिन्थ्यो अनि गाउँमा लाग्ने मेला, यी सबै करिब–करिव लोककथाजस्तै भैसके । मोर्डन पेरेन्टिङले भर्च्युअल वर्ल्डमा अभिभावकहरूको एउटा छुट्टै समुदाय सिर्जना मात्र गर्दैन यसले आफ्ना बालबालिकामा सिर्जना गरी भएका समस्याका बारेमा छलफल गरि समाधान पहिल्याउन सहयोग गर्छ ।

कसरी हुन्छ यो काम ?

मोर्डन पेरेन्टिङ कम्युनिटीमा हरेक पेसा वा व्यवसायका मानिसहरू जोडिन आउँछन् । जस्तो कि म अर्ली चाइल्डहुड एजुकेसन स्पेशलिस्ट भएँ, अरू डाक्टर, मनोवैज्ञानिक, वकिल, शिक्षक, प्रोफेसर आदि यसमा हुन्छन् । आफ्ना बालबालिकाका बारेमा विभिन्न समस्याका विषयमा छलफल गर्ने, प्रश्न सोध्ने र समाधान पत्ता लगाउने काम त्यहीँबाट हुन्छ ।

 

यसबाट बालबालिकालाई पुग्ने फाइदा ?

हामी जतिसुकै उच्च पद र व्यवसायमा आबद्ध भए पनि आखिर आफ्ना सन्तानका अभिभावक हौं । उच्चपदस्थ व्यक्तिका सन्तानले पनि अभिभावकको भन्दा आफ्नो शिक्षक–शिक्षिकाको कुरा सही भन्ने विश्वास राख्छन् । यसको अर्थ बालबालिकामा आफ्ना अभिभावक भन्दा अरूबाट बढी कन्भिन्स हुने र विश्वास गर्ने स्वभाव हुन्छ । मोर्डन पेरेन्टिङ हबभित्र अटाएका विशेषज्ञहरूसँग कल वा भिडियो कलमाफर्mत बालबालिकालाई अन्तर्क्रिया गर्न लगाएर बालबालिकाले गरेका असल त्रियाकलाप एवं उपलब्धिमूलक कामलाई प्रेरणाका रूपमा उनीहरूका अगाडि प्रस्तुत गरेर बालबालिकाहरूलाई मोटिभेट गर्न सकिन्छ ।

यसले बालबालिकामा अनलाइन एडिक्सन बढाउँदैन ?

यो कुनै भिडियो गेम वा कार्टुन हेर्न र खेल्न पाइने स्थान होइन । डिनरपछिको १ घन्टा यसका लागि छुट्याउनु उपयुक्त हुन्छ । टिभी वा मोबाइलमा झुन्डिनुको साटो उनीहरूलाई सिर्जनात्मक अन्तर्क्रियामा सहभागी गराउँदा राम्रो परिणाम निस्कन्छ । यसभित्र अभिभावक मात्र होइन बालबालिका स्वयं पनि जोडिने हुँदा आज एउटाले बनाएको राम्रो ड्रइङ हेरेर अर्को मोटिभेट हुन्छ भने साथीभाइसँग भए–गरेका क्रियाकलाप र वरपर देखेका कुराहरूका बारेमा आपसमा कुराकानी, छलफल एवं अन्तरक्रिया तथा भिजुअलमार्फत आफ्नो कला सेयरिङ गर्दा उनीहरूको मष्तिष्क तरोताजा, क्रियाशील तथा सिर्जनशील बन्दै जान्छ । 

    

 

 Image