महिला बचतप्रति सजग भएका छन्
पछिल्लो समय नारीहरू आत्मनिर्भर हुँदै गएका छन् । बचत गर्नेप्रति उनीहरू सजग भएका छन् । आत्मनिर्भर भई आफैंले कमाएर बचत गरौं भन्ने सोचको विकास उनीहरूमा भइसकेको छ ।

आउटलेट : लाजिम्पाट
विशेषता : अफिसियल तथा क्याजुअल पहिरनका लागि उत्कृष्ट गन्तव्य ।
१२ वर्षअघि खुलेको अरेन्ज बुटिकमा अफिसियलदेखि हरेक उमेर र वर्गका लागि पहिरन उपलब्ध हुन्छन् । कटन तथा लेनिनका पहिरन बढी तयार पारिने यो बुटिकमा अवसरअनुरूपका पार्टी पहिरन तथा चाडपर्वका पहिरन अर्डरअनुसार बनाइने संचालिका कुसुम ताम्राकारले बताइन् ।
यहाँ रेडिमेड वेयरभन्दा पनि डिजाइनर वेयर तयार गरिन्छ । ग्राहकको चाहनाबमोजिमका पहिरनलाई प्राथमिकता दिइने अरेन्ज द बुटिकमा धेरैजसो अफिसियल तथा क्याजुअल पहिरनको माग हुने कुसुमले बताइन् ।