Successfully Copied

मध्यरातमा प्रियंकाको छमछमी

नयाँ वर्षको अवसर पारेर विराटनगरस्थित सेन्ट्रल मलमा राति सम्पन्न ‘फेस्टा न्यू इयर इभेन्ट’ मा अभिनेत्री प्रिंयका कार्कीको प्रस्तुतिबाट युवायुवतीहरूले भरपुर मनोरञ्जन लिए । रातको ८ बजे प्रारम्भ भएको ऊक्त कार्यत्रममा तीन घण्टासम्म भारतबाट आएका डिजेले नेपाली, हिन्दी तथा रिमिक्स गीतमा युवाहरूलाई उफारेपछि मध्यराति साढे

नयाँ वर्षको अवसर पारेर विराटनगरस्थित सेन्ट्रल मलमा राति सम्पन्न ‘फेस्टा न्यू इयर इभेन्ट’ मा अभिनेत्री प्रिंयका कार्कीको प्रस्तुतिबाट युवायुवतीहरूले भरपुर मनोरञ्जन लिए । रातको ८ बजे प्रारम्भ भएको ऊक्त कार्यत्रममा तीन घण्टासम्म भारतबाट आएका डिजेले नेपाली, हिन्दी तथा रिमिक्स गीतमा युवाहरूलाई उफारेपछि मध्यराति साढे ११ बजे प्रियंका सेन्ट्रल मलको ग्राण्ड फेलरमा उपस्थित भएकी थिइन् ।

आफ्नो प्रस्तुति दिन चोली र रातो लेहेङ्गामा सेन्ट्रल मल पुगेकी प्रिंयकालाई ‘डोली’ मा चढाएर चार जना युवाले स्टेजमा पुर्‍याए । हातमा फूल बोकेकी प्रिंयकाले स्टेजमाथि रातो गुलाफको फुल फाल्दै सहभागीहरूलाई अभिभादन गरेपछि नृत्य प्रस्तुत गरिन् ।

डिजेले बजाएको ननस्टप गीतमा नृत्य गरेर लखतरान भएका युवाहरू प्रियंका स्टेजमा आएसँगै फेरि जोस्सिए । प्रियंकाले स्थानीय कलाकारहरूका साथमा आफूले अभियन गरेका चलचित्रको गीतबाट प्रस्तुति आरम्भ गरिन् । प्रिंयकाले नृत्य गर्दा तन्नेरी युवाहरू ‘वान्समोर’ भन्दै चिच्याइरहेका थिए । दर्शकदीर्घाबाट निरन्तर हुटिङ भै रह्यो भने २० मिनेटमा प्रिंयकाले दमदार प्रस्तुति दिइन् । प्रियंकाले नृत्य गरिसक्दा रातको १२ बजिसकेको थियो ।

 

 Image