Successfully Copied

ठगिइन् आस्था राउत

आस्था राउतको बारेमा कति कुरा गरिरहनु ? आवाजमा उनको छुट्टै जादु छ । उनि स्टेजमा उक्लिएपछि दर्शक हेरेको हरै हुन्छन् । उनको प्रस्तुतीमा खुलेरै मनोरन्जन लिन्छन् । दर्जनौं लोकप्रिय गीत दिइसकेकी गायिका राउत संसारका धेरै देशमा पुगेर नेपाली मनलाई मनोरन्जन दिएकी छिन् ।

आस्था राउतको बारेमा कति बयान गरिरहनु ? आवाजमा उनको छुट्टै जादु छ । उनि स्टेजमा उक्लिएपछि दर्शक हेरेको हरै हुन्छन् । उनको प्रस्तुतीमा खुलेरै मनोरन्जन लिन्छन् । दर्जनौं लोकप्रिय गीत दिइसकेकी गायिका राउत संसारका धेरै देशमा पुगेर नेपाली मनलाई मनोरन्जन दिएकी छिन् । कामको ब्यस्तताका कारण नेपालमा पनि एकदिन घरमा बस्ने फुर्सद छैन् ।

पुर्व देखी पश्चिम र उत्तरदेखी दक्षिणसम्म पुगिसकेकी गायिका राउतले लामो साँगितिक करिअरमा विभिन्न अनुभव सम्हालेकी छिन् । दर्शकको मायाँ त मज्जाले पाइरहेकी छिन्, बेला–बेलामा आयोजकवाट पाउनुपर्ने सम्मान र पारिश्रमिक नपाउँदा दुःखी पनि छिन् । त्यस्तै भएको छ, अहिले उनलाई ।

हालै उनले आफ्नो फेसबुकमा स्ट्याटस राख्दै २०७५ सालमा विदेशमा गरिएका कार्यक्रमबाट पुरा पारिश्रमिक नपाएको गुनासो गरेकी छिन् । उनले आयोजकलाई पुरा रकम नदिए नाम सार्वजनिक गर्ने धम्की समेत दिएकी छिन् । उनले भनेकी छिन्, ‘२०७५ मा विदेशमा गरेको कामको जति म्यासेज गर्दा पनि पुरा रकम नदिने अर्गनाईजरहरुको नामहरु चाँडै सार्वजनिक हुँदै ।’ आखिर आस्थाले कुन–कुन कार्यक्रमबाट रकम पाएकी छैनन् ? कति रकम लिन बाकी छ ?

यसो भन्छिन् आस्था

नमस्ते, अहिलेसम्म जिवनमा जे जति कमाइएको छ त्यसमा कहिल्यै असन्तुष्टि छैन । नाम छ, कमाई पनि राम्रो छ । तर, कहिलेकाहि कतिपय आयोजकहरुले मन दुखाउनुभएको छ । पुरा रकम दिनुभयो भने कार्यक्रममा आउँछु भनेर धेरैपटक भनेको छु । तर ठग्नेहरुले जसरी पनि ठग्दारहेछन् । स्टेज चढिदिनुस्, झरेपछि दिन्छौं भन्नुहुन्छ । तर, झरिसकेपछि नपाएका धेरै रेकर्ड छन् । मैले पछिल्लो समय विदेशका केहि कार्यक्रम र नेपालका धेरै कार्यक्रमबाट रकम लिन बाँकी छ । कलाकारहरु बाँच्ने भनेकै स्टेज कार्यक्रमवाट हो, त्यहि स्टेजवाट कमाएको रकम पनि नपाएपछि के हुन्छ ? त्यो जसले पनि अनुमान गर्न सक्छ । कार्यक्रममा नपुग्दासम्म खुट्टा ढोग्नेहरु त्यसपछि न फोन उठाउने, न म्यासेजको रिप्लाई गर्ने गर्नुहुन्छ । अब कलाकारहरुको पसिना र खुन चुस्न खोज्नेहरुलाई ठिक पार्नुपर्छ ।

सम्मान गर्ने आयोजकप्रती मेरो धेरै सम्मान छ र सुभचिन्तकहरुमा सधै साथ र सर्पोटका लागी धन्यवाद् दिन चाहन्छु ।

 Image