Successfully Copied

ब्युटिसियन ट्यालेन्ट नेपालको ताज सरुको शिरमा 

२४ प्रतिस्पर्धीलाई पछि पार्दै ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९, सिजन–२ को उपाधि भक्तपुरकी सरु जोशीले जितेकी छिन् । उनले मोस्ट स्मार्टको उपाधि सहित प्रथम भए बापत ५५ हजार रुपैयाँ बराबरको बैंकक टुर, एक महिनाको उद्घोषण कोर्ष लगायत विभिन्न उपहार प्राप्त गरिन् ।

२४ प्रतिस्पर्धीलाई पछि पार्दै ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९, सिजन–२ को उपाधि भक्तपुरकी सरु जोशीले जितेकी छिन् । उनले मोस्ट स्मार्टको उपाधि सहित प्रथम भए बापत ५५ हजार रुपैयाँ बराबरको बैंकक टुर, एक महिनाको उद्घोषण कोर्ष लगायत विभिन्न उपहार प्राप्त गरिन् ।

रोज सिप बिकास तालिम केन्द्र, रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर र बिलक्षण क्रियसनद्धारा आयोजित यस प्रतियोगितामा फस्ट रनरअप कविता लामा, सेकेन्ड रनरअप र बेस्ट स्माईल मुना श्रेष्ठ भए । उनीहरुले पनि ४ रात ५ दिन बैंकक बसाईको सुविध सहित विभिन्न उपहार प्राप्त गरे । 

कार्यक्रमका प्रमुख अतिथि शसस्त्री प्रहरी बल फ्रहरी महानिरिक्षक सैलेन्द्र खनालले यस्तो कार्यक्रमलाई महिला ससत्तिकरण बढ्नुका साथै ब्युटिसियन महिलाहरुलाई अघि बढ्न प्रेरण मिल्ने बताए ।

रोज सिप विकास तालिम केन्द्रकी अध्यक्ष सोनी कारञ्जितले ब्युटिसियन महिलाहरुको व्यक्तित्व विकाश, प्रतिभा प्रस्तुतिका लागि गत वर्षबाट प्रतियोगिता आयोजना गरिादै आएको बताईन् ।

प्रतियोगितामा अन्य प्रतियोगीले पनि विभिन्न उपाधि जिते । जसमा इमिका श्रेष्ठले पब्लिक च्वाई, मोस्ट पाचुअल, सरस्वती न्यौपानलेले बेस्ट स्टाईलिस्ट, हेमा अबस्थीले मोस्ट बोब्ली, समिता महर्जनले बेस्ट पर्सनालिटी, कल्पना खड्काले बेस्ट फिगर, हिमाला पुनले मोस्ट लोयल, विभिन्न भट्ट ढकालले ब्युटिफुल र सोसियल मिडिया अवार्ड तिजे । 

यस्तै निकिता कुसुवारले बेस्ट हेयर, सविना महर्जनले बेस्ट स्किन, जमुना पनेरुले मस्ट सिभिलिटी, सुरती बरालले मोस्ट चार्मिङ, सारदा राहू मगरले बेस्ट आईज, बिरजा खड्काले बेस्ट नेल आर्ट, रुपा बस्नेतले मल्टिमिडियासागै मेकअप र हेयर स्टाईल, बिजेता प्रजापति श्रेष्ठले बेस्ट क्याटवाक, सिमा श्रेष्ठले बेस्ट ड्रेस र फोटोजेनिक अवार्ड पाए । यस्तै मनिता बस्नेतले इन्नोसेन्ट, श्रीदेबी महर्जनले मोस्ट ट्यालेन्ट, शर्मिला गुरुङले डिसिप्लिन, सावित्री तामाङले फ्रेन्डली, मिना कुमारीले एक्ट्रा अर्डिनरी, रशा अधिकारीले मोस्ट इन्टेलिजेन्ट, प्राप्त गरे । 

यो प्रतियोगिताको निर्णायकमा सिटिइभिटी कोअर्डिनेर डा. राजश्री श्रेष्ठ, अभिनेता रमेश उप्रेती, हास्य अभिनेत्री पल्पसा डंगोल, सिटिईभिटी सिप परिक्षण अधिकृत सूर्य अधिकारी, सामाजिक अभियान्ता सहिम शाह कलाकार सितास्मा हमाल मल्ल, ब्युटिसियनहरु सारदा क्षत्री र रुस्का बैध श्रेष्ठरहेका थिए ।  

 Image