‘खेलकुदमा पनि सिइओ हुन्छ भन्ने प्रश्न गर्छन्’
खेलकुदमा नै करिअर बनाउने हुटहुटीले अगाडि बढेकी उनी भलिबललाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने र महिला खेलाडीलाई सशक्तीकरण गर्ने अभियानमा होमिएकी छन् ।
फेसन मोडलका रूपमा परिचय बनाउन सफल मुना गौचनले हालै इजिप्टमा संचालित मिस इको इन्टरनेसनल–२०१९ मा उत्कृष्ट २१ सम्मको यात्रा तय गरेकी छिन् । उक्त प्रतियोगितामा विश्वका पाँच दर्जनभन्दा बढी सुन्दरी सहभागी थिए ।
मुना ट्यालेन्ट राउन्डअन्तर्गत आफूले प्रस्तुत गरेको नृत्यमा उत्कृष्ट १५ सम्म पुगेकी थिइन् । कायरो ओपेरा हाउसमा गएको मार्च २९ तारिखमा सञ्चालित फाइनलको उपाधि पेरुकी सुहिन सिप्रियानीले जितेकी छिन् ।