Successfully Copied

अवसरको कमी 

सरकारको प्रोत्साहन र सहयोग कम भएकोमा भने उनी चिन्तित छिन् । अहिले उचित खेलमैदानको अभाव र अवसरको समेत कमी भएको उनको अनुभव छ ।

मन केसी चौधरी, ब्याट्स वुमन 

नेक्रहीन महिला त्रिकेट टिम

 

एउटै आँखाका झरमा क्रिकेट खेलेर देशको नाम राख्ने इच्छाका कारण मन केसी चौधरी त्रिकेट खेलमा प्रवेश गरिन् । चुनौतीपूर्ण मानिने क्रिकेट खेल एउटा आँखाका भरमा खेल्नु त झनै गार्‍हो कुरा हो । तैपनि मनको इच्छा र आँटले खेलमा लागिन् । आफूले देखाएको मेहनत र कलाकै कारण उनले देश–विदेशमा खेल्ने अवसर पाइन् ।

नेक्रहीन महिला त्रिकेट टोलीमा अब्बल खेलाडीका रूपमा परिचय बनाएकी चौधरीले पाकिस्तानमा पहिलो पटक आयोजित नेक्रहीन अन्तर्राष्ट्रिय महिला त्रिकेट प्रतियोगितामा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडीको कीर्तिमान खडा गरिन् । उनी प्लेयर अफ द म्याचसमेत घोषित भइन् । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मैदानमा राम्रो छवि बनाएकी चौधरीले एक दशकअघिदेखि क्रिकेट खेल्न थालेकी हुन् । अहिले ऊनी राष्ट्रिय टिममा दृष्टिविहीन समूहको ‘बी टु’ समूहबाट खेल्छिन् ।

क्रिकेटको त्रेज 

बारा जिल्लामा जन्मिएकी मन केसी चौधरी अध्ययनका क्रममा चितवन पुगिन् । छात्रावासमा बसेर फढ्ने क्रममा सिनियर दिदीहरूले त्रिकेट खेलेको देखिन् । उनको मनमा फनि क्रिकेट खेल्न रहर जाग्यो । त्रिकेट खेल्दै जाँदा उनमा आत्मविश्वास बढेको महसुस भयो । साथीभाइसँग खेल्दा मज्जा पनि भयो । खेलकै क्रममा प्रशिक्षक दृष्टिविहीन महेश केसीसँग चिनजान भयो । 

सरकारको प्रोत्साहन र सहयोग कम भएकोमा भने उनी चिन्तित छिन् । अहिले उचित खेलमैदानको अभाव र अवसरको समेत कमी भएको उनको अनुभव छ ।

दैनिक गुजारा चलाउन श्रीमान्–श्रीमती दुवैजना चाउमिन फ्याक्ट्रीमा काम गर्छौं । हामी एक–अर्कामा निर्भर छौं । क्रिकेटबाटै परिवार धान्न सके क्रिकेट नै खेलेर देशको नाम चिनाउने धोको छ–चौधरीले बताइन् ।

 

 Image