Successfully Copied

आज अटिजम डे 

आज अटिजम अवयेरनेस डे देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । अटिजम कुनै पनि बालबालिकालाई जन्मजात रुपमा हुने एक विशेष किसिमको अपाङ्गता हो । यसलाई मष्तिष्क विकास विकार अर्थात् न्यूरो डेभलपमेन्ट डिसअर्डर भनिन्छ । यसले मष्तिष्कको सामान्य कार्यलाई प्रभावित पार्छ ।

अटिजम के कारणले हुन्छ भन्ने ठोस कारण अहिलेसम्म पत्ता लागेको छैन । यो बच्चा जन्मेको तीन वर्षभित्र देखिन्छ र जीवनभर रहन्छ । यस्ता बालबालिकालाई संवाद बुझ्न र प्रयोग गर्न कठिनाई, सामाजिक सीप बुझ्न र प्रयोग गर्न कठिनाई र दोहोर्‍याएर गर्ने व्यवहारिक समस्या तथा सोच्न सक्ने क्षमतामा एक रुपता नहुनु जस्ता समस्या देखापर्छन् । 

यसका लक्षण बालबालिका अनुसार फरक–फरक देखिन्छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वमा जन्मिने ६८ जना बालबालिकामध्ये १ जनालाई अटिजम भएको पाइएको छ । नेपालमा यसको यकिन तथ्यांक नभएपनि करिब ३ लाखलाई अटिजम भएको अनुमान गरिएको छ । 

 Image