सशक्त तोसिमा
संसदीय निर्वाचन–०७९ मा एउटा चर्चित नाम हो–डा. तोसिमा कार्की । ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनी ३१ हजार १३६ मत ल्याई विजय भएकी हुन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यापकबाट राजीनामा दिई उनी राजनीतिमा आएकी हुन् ।
फेसन फेडरेसन नेपालले पोखरामा अन्तर्राष्ट्रिय फेसन विक नेपाल–पोखराको आयोजना गर्ने भएको छ । द काठमाडौं पोस्टको प्रस्तुतिमा उक्त फेसन विक चैत २८ गतेदेखि ३० गतेसम्म सञ्चालन हुनेछ । आयोजक संस्थाले जनाएअनुसार फेसन विकका क्रममा २० जना महिला तथा ५ जना पुरुष मोडलले विभिन्न पहिरन प्रदर्शन गर्नेछन् ।
फेसन विकको विशेष आकर्षण अन्तर्राष्ट्रिय ज्वेलरी डिजाइनर मोना श्राफले डिजाइन गरेका गरगहनाको प्रदर्शन हुनेछ । भारतीय कोरियोग्राफर श्रेया सिंहले कोरियोग्राफी गर्ने फेसन विकमा फेसन डिजाइनर प्रेम देव तथा शुभासिनी सिंहका पहिरनका अतिरिक्त अन्य स्वदेशी तथा विदेशी डिजाइनरका पहिरनसमेत प्रदर्शन गरिनेछ । फेसन विक पोखराको स्काइ स्पोटर््स क्लबमा सञ्चालन हुने बताइएको छ ।