पुस महिनाको राशिफल
मेष : सोचेजस्तै सफलता पाउन काममा अलिक बढी खट्नुपर्नेछ । काम सकियो भन्ने बेलामा आकस्मिक बाधा आउँदा काममा समस्या हुनसक्छ । सकेसम्म महत्वपूर्ण कामलाई निर्धारित समयमै गर्दा ढुक्क भइनेछ ।
नेपालमा नयाँ नेल आर्ट डिजाइनिङ तथा थ्रि–डी आइल्यासेस एक्सटेन्सन भित्रिएको छ । लामो समयदेखि नेल आर्टमा संलग्न सुनील जंग मल्लले गत महिना नेल सो गरी यी नयाँ प्रविधि नेपाल भित्रिएको जानकारी दिएका हुन् ।

उक्त सोमा मल्लले २०१९–मार्बल नेल डिजाइन, २०१९ ड्युअल फर्म जेल एक्सटेन्सन, २०१९ सुगर नेल आर्ट, थ्रि–डी आइल्यासेस एक्सटेन्सन आदिका सम्बन्धमा लाइभ प्रस्तुति दिएका थिए ।

हाल दुबईमा समेत सेवा बिस्तार गरिसकेको नेपालकै पहिलो द जङस्ट्रङ नेल आर्ट कम्पनीद्वारा प्रस्तुत नेल सोमा विभिन्न क्षेत्रका १५ जना महिलालाई सम्मान गरिएको थियो ।

मोडलहरूका नङमा विभिन्न डिजाइनका लाइभ आर्ट र एक्सटेन्सन प्रस्तुत गर्दा उपस्थितहरूले समेत त्यसबाट धेरै कुरा सिक्न सकेको बताए ।
