मिटरब्याजीको दुःख
मिटरब्याजी साहूबाट उन्मुक्ति पाउनुपर्ने भन्दै पूर्वको झापा र पश्चिम कञ्चनपुरदेखि पैदल हिँडेर २३औं दिन उपत्यका प्रवेश गरेका मिटर ब्याज पीडितहरूको न्याय मार्च ४२ औं दिन पुग्दासम्म पनि जारी छ । अधिकांश पीडित महिला छन् ।

पूर्वीउत्तरी मोरङको लेटाङमा १० दिने लेटाङ एक्स्पो सम्पन्न भएको छ । लेटाङ नगरको आधार, कृषि, पर्यटन, कला र संस्कृति सहितको पूर्वाधार भन्ने नाराका साथ फागुन १७ गते प्रारम्भ भएको एक्स्पो फागुन २६ गतेसम्म चलेको थियो ।
लेटाङ एक्स्पोको अन्तिम दिन गायक सबिन राई तथा बाबु बोगटीले प्रस्तुति दिए । उक्त एक्स्पोमा गायिका ज्योति मगर, मेलिना राई, आस्था राउत, गायक प्रमोद खरेल, कमल खत्री, सुगम पोख्रेल आदि कलाकार प्रमुख आकर्षणमा थिए ।
लेटाङ उद्योग वाणिज्य संघद्वारा आयोजित एक्स्पोमा विभिन्न खेल तमासा, कृषि उत्पादन, खाद्यान्न, लुगाकपडा, होटल, इलेक्ट्रोनिक्स सामग्री तथा अटो मोबाइल्स आदिका ५० वटा स्टल राखिएका थिए ।
सरोज बस्नेत