Successfully Copied

कला सुब्बाको अनुहारमा मेकअप गर्न मन छ : सोफी सुनुवार

कला सुब्बाको....किनभने उहाँ सधैं आफ्नो मेकअप आफैं गर्नुहुन्छ । उहाँलाई नेचुरल मेकअपमा सिंगार्ने इच्छा छ । 

                                                              सोफी सुनुवार

                                                             मेकअप आर्टिस्ट

 लक्ष्मी भण्डारी थापा

तपाईंले नेपाली महिलाहरूमा ख्याल गरिरहेको कमन ब्युटी मिस्टेक्स ?

धेरैले लिपिस्टिकमा लाउड कलर लगाउँछन्, आइब्रोलाई धेरै गाढा बनाउँछन् र कालो पेन्सिलले लिपलाइनिङ बनाउँछन् जसले एकदमै आर्टिफिसियल देखाउँछ । 

यस्तो प्रोडक्ट जसको अभावमा तपाईं आफ्नो कला प्रस्तुत गर्न सक्नुहुन्न ?

आइब्रो रिफाइनिङ प्रोडक्ट । 

कुन सेलिब्रेटीको अनुहारमा कस्तो मेकअप गर्ने इच्छा छ ?

कला सुब्बाको....किनभने उहाँ सधैं आफ्नो मेकअप आफैं गर्नुहुन्छ । उहाँलाई नेचुरल मेकअपमा सिंगार्ने इच्छा छ । 

तपाईंलाई मनपर्ने मेकअप ब्रस ?

फाउन्डेसन ब्रस... किनभने मेरो यो ब्रस मल्टी–प्रपोसको छ । 

यस्तो अवस्थालाई तपाईं कसरी सुल्झाउनुहुन्छ ? यदि कुनै कस्टमरले आफ्नै स्टाइलको मेकअप गरिदिन भन्यो, जुन उनलाई पटक्कै सुहाउँदैन । 

यस्तो अवस्था धेरै पटक फेस गरेकी छु । मैले त्यस्ता क्लाइन्टको बानी नै परिवर्तन गरिदिएकी छु । यस्तो अवस्थामा म उहाँलाई एकपटक प्रयोग गर्नुहोस् नसुहाए मेटिदिन्छु भनेर कन्भिन्स गर्छु । लगाइसकेपछि आफूलाई सुहाउँदो पाउँछन् र आफूलाई सुहाउँदो मेकअप रोज्छन् । 

अनुहारको कुन भागको मेकअप गर्दा तपाईंलाई सबैभन्दा बढी उत्साह र खुसी मिल्छ ?

आँखाको मेकअप गर्दा । आँखाको मेकअपले हाम्रो क्यारेक्टरलाई क्यारी गरिरहेको हुन्छ । आँखाको नानीको कलरलाई म्याच र कम्प्लिमेन्ट गर्ने खालको मेकअप गरियो भने हाम्रो व्यक्तित्व वाउ देखिन्छ । 

तपाईंको सुन्दरताको सिद्धान्त के हो ? के मेकअप गर्दैमा सबैजना सुन्दर देखिन्छन् ?

मेरो सुन्दरताको सिद्धान्त भनेकै कला हो । आफूसँग भएकै कुरालाई अझ सुन्दर देखाउनु हो । मेकअपले सबैलाई सुन्दर देखाउँछ किनभने यसले व्यक्तित्वलाई उँचो बनाउने काम गर्छ । मेकअपबिना पर्सनालिटी स्ट्रङ देखिँदैन । यसले भित्री समस्यालाई पनि लुकाइदिन्छ । 

आकर्षक र ग्ल्यामरस देखिने क्विक ब्युटी टिप्स ?

मेकअपका ३ वटा स्टेप हुन्छन् । बेस सफा हुनुपर्‍यो, मोइस्चराइजर, फाउन्डेसन वा बीबी क्रिम, आइमेकअप, दिउँसो नेचुरल कलरका लिपिस्टिक तथा आइब्राउज । 

सामाजिक सञ्जालले मेकअप बिजनेसमा कस्तो भूमिका खेलिरहेको छ ?

धेरै सजिलो र सहयोग भएको छ । मैले फेसबुकबाटै पनि काम पाइरहेकी छु । यसैबाट धेरैले फलो गरिरहेका हुन्छन् । यो क्षेत्रको विकासका लागि सोसल नेटवर्कले ठूलो भूमिका खेलिरहेको छ । 

आफ्ना बारेमा अचम्म लाग्ने कुनै एउटा कुरा ?

म खुला किताब हुँ । म कामको प्रेसरमा पनि रमाइलो गरिरहेकी हुन्छु । म रोएको कसैले 

देखेका छैनन् । 

 Image