Successfully Copied

‘शास्त्रीय गायनमा पिएचडी गर्ने धोको छ’

शास्त्रीय संगीतमै पीएचडी गर्ने ईच्छा छ । शास्त्रीय संगीत आफैंमा एउटा अत्यन्तै कठिन विधा हो, जुन धेरै वर्षको साधनापछि मात्र आउँछ । त्यसैले यसमा विद्यावारिधि गर्नेको संख्या थोरै छ । यसको लागि मेरो प्रयत्न हुनेछ । साथै युवापुस्तालाई शास्त्रीय संगीतप्रतिको रुचि बढाउन सदैव

नेपालमा शास्त्रीयगायनमा युवापुस्ताको आकर्षण कम छ । थोरै मध्ये सुजाता बर्मा भने शास्त्रीय गायनमा रमाइरेकी छिन् । अहिलेकी चर्चित गायिका बर्माले ६ वर्षकै उमेरदेखि शास्त्रीय संगीत सिक्न थालेकी हुन् । ११ वर्षकै उमेरमा उनको गायन समावेश गरिएको शास्त्रीय गीतको एल्बम सार्वजनिक भइसकेको थियो । ‘ए दाजु नसमाऊ नाडीमा, हिलो लाग्ला नाइलनको साडी’मा बोलको गीतगाएर चर्चा बटुलेकी सुजाता अहिले सिर्जना कलेज अफ फाइन आर्टमा गायन सिकाउँदै आएकी छिन् । उनै बर्मासँग नारीका लागि सिर्जना दुवालले गरेको कुराकानीः

संगीत क्षेत्रमा कहिलेबाट लाग्नु भयो ?

मैले थाहा पाएदेखि नै संगीततिर लागेकी हुँ । बाल्यकालमा सुतिरहेको बेलामा पनि रेडियोमा गीत बज्नासाथ उठेर नाचिहाल्ने बानी थियो ।

शास्त्रीय संगीततिर कसरी आकर्षित हुनुभयो ?

मेरो पारिवारिक माहोल नै संगीतमय थियो । मेरो बुबा विनय बर्मा शास्त्रीय संगीतको प्रशिक्षक हुनुहुन्छ । दाइ तवलावादक हुनुहुन्थ्यो । जसले गर्दा मेरो शास्त्रीय संगीतप्रतिको रुचि बढ्दै गएको हो । कक्षा १० सम्म मैले अरु खाले गीत नै सुनेको थिएनँ ।

शास्त्रीय संगीत कहाँ सिक्नुभयो ?

पहिला त मेरो बाबासंगै हो । त्यसपछि सिर्जना कलेज अफ फाइन आर्टमा कक्षा १२ सम्म शास्त्रीय संंगीत विषय पढेँ । शास्त्रीय संगीतमा ब्याचलर्स र मास्टर्स डिग्री भारतीय दूतावासको  भारतको कोलकाताबाट गरेकीहुँ ।

भारतमा शास्त्रीय संगीतको अध्ययन गर्ने अवसर कसरी जुट्यो ?

भारतीय दूतावासको पहलमा हरेक वर्ष देशैभरिबाट प्रतिस्पर्र्धीबीच स्वर परीक्षा लिइन्छ । जसबाट तोकिएको सिटभित्र उत्तीर्ण हुनेलाई छात्रवृत्तिको अवसर दिइन्छ ।

नेपालबाट कति जनाले यो अवर पाउँछन्?

देशभरबाट बढीमा पाँच जनाले भारतीय दूतावासबाट संगीतको एउटा विधामा छात्रवृत्तिको अवसर पाउन्छन् । त्यो मेरो लागि ठूलो अवसर थियो, त्यसभित्र पर्न सफल भएँ ।

भारतमा अध्ययनका लागि कतिवर्ष बस्नुभयो ?

शास्त्रीय संगीत पढाइ र सिकाइको सिलसिलामा भारतको कोलकातामा पाँच वर्ष बसें ।

 

मलाईं त्यहाँको सीप र क्षमता ल्याएर नेपालमै केही गर्ने इच्छा थियो । त्यसैले अवसर र इच्छा शक्तिले प्राप्त गरेको ज्ञान र सीपलिएर नेपाल फर्किएँ ।

नेपालमा आएर के गर्दै हुनुहुन्छ ?

कलेजमा संगीतमै शास्त्रीय संगीतको प्रशिक्षण गराउँदैछु । साथै बाबाले सञ्चालन गर्नुभएको चाबहिलस्थित श्रुति संगीत स्कुलमा शास्त्रीय संगीत सिकाउँछु । त्यसबाहेक गीत रेकर्डिङ र कार्यक्रममै व्यस्त छु ।

अहिलेसम्म कति गीतमा स्वर दिनुभयो ?

६० भन्दा बढी गीतमा स्वर दिइसकेकी छु ।

शास्त्रीय संगीतको भविष्य कस्तो देख्नुभएको छ ?

जहाँ शास्त्रीय संगीतको सम्मान र साधना हुँदैन त्यहाँ संगीत अपूर्ण हुन्छ । हरेक गीत संगीतमा यसको प्रभाव हुन्छ । तर नेपालमा शास्त्रीय संगीतको लागि सरकारको तर्फबाट खासै केहीभएको देख्दिनँ । पहिले–पहिले रेडियो नेपालतथा नेपाल टेलिभिजनबाट छुटै शास्त्रीय संगीतको विशेष कार्यक्रम हुन्थ्यो । जुनअहिले छैन ।

शास्त्रीय संगीतमा अरु के–के गर्ने प्लान छ ?

शास्त्रीय संगीतमै पीएचडी गर्ने ईच्छा छ । शास्त्रीय संगीत आफैंमा एउटा अत्यन्तै कठिन विधा हो, जुन धेरै वर्षको साधनापछि मात्र आउँछ । त्यसैले यसमा विद्यावारिधि गर्नेको संख्या थोरै छ । यसको लागि मेरो प्रयत्न हुनेछ । साथै युवापुस्तालाई शास्त्रीय संगीतप्रतिको रुचि बढाउन सदैव प्रयास गर्नेछु ।

 Image