‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।

सामाजिक अभियन्ता तथा सञ्चारकर्मी वन्दना राणा संयुक्त राष्ट्र संघ अन्तर्गतको भेदभावविरुद्ध महिला समिति (सीड) को उपाध्यक्षमा निर्वाचित भएकी छन् ।
सोमबार न्यूयोर्कमा आयोजित चुनावबाट राणा दुई वर्षे कार्यकालका लागि निर्वाचित भएकी हुन् । एशिया प्रसान्त क्षेत्रबाट प्रतिनिधित्व गर्दै उनी डिसेम्बर २०२० सम्मका लागि निर्वाचित भएकी हुन् ।
राष्ट्र संघ अन्तर्गतको यो समितिमा प्रतिनिधित्व गर्ने पहिलो नेपाली बन्न राणा सफल भएकी छन् । सन् २०१६ मा वन्दना समितिको विशेषज्ञ सदस्यको रुपमा निर्वाचित भएकी थिइन् ।
पहिले सञ्चार क्षेत्रमा आवद्ध भएकी वन्दना राणा सामाजिक मुद्दा र महिला मानव अधिकारको क्षेत्रमा सक्रिय छिन् ।
राणा महिला र बालिकाविरुद्ध हुने हिंसा र भेदभावविरुद्ध काम गर्ने सामाजिक संस्था साथीकी संस्थापक हुन् । उनी हाल यो संस्थामा रणनीतिक निर्देशकको रुपमा कार्यरत छिन् ।