नेपालको हस्पिटालिटी विश्वमै प्रख्यात
हामी नेपालीको स्वभाव हँसमुख छ । हामी मिजासिला छौं । हामीकहाँ प्राकृतिक सुन्दरता उत्तिकै छ । हाम्रो कला–संस्कृति, संस्कार, पर्व र प्राकृतिक सुन्दरतालाई संसारभर चिनाउनुपर्छ ।
वीर अस्पतालमा १ सय २८ स्लाइस क्षमताको नयाँ सिटीस्क्यान मेसिन जडान गरिएको छ । गत महिना मेशिन जडान गर्नासाथ बिरामीलाई सेवा दिन थालिएको हो । यो मेसिनको ८ करोड ८४ लाख रूपैयाँ पर्छ । यसको क्षमता जति बढी भयो उति राम्रो रिपोर्ट आउनुका साथै छिटो पनि हुन्छ ।
अस्पतालमा यसअघि १६ स्लाइस क्षमताको सिटी स्क्यान मेसिन थियो । उक्त मेशिन बिग्रिएका कारण बिरामी अन्य अस्पतालमा जाँच गर्न जानुपर्ने बाध्यता थियो । नयाँ सिटी स्क्यान मेशिनको सेवा शुल्क निजीको भन्दा झण्डै तीन गुणा सस्तो रहेको दावी अस्पतालको छ ।
अस्पतालले शरिरको अंगको स्क्यानका आधारमा २ देखि ४ हजारसम्म शुल्क लिन्छ । सिटी स्क्यानको सहायताले शरीरभित्रका हड्डी, नशा र तन्तुहरूको जाँच गरिन्छ । यो मेसिन खासगरी मष्तिष्कघात, मष्तिष्कघातभित्रका चोट, नशामा रगत जमेको, क्यान्सर, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्याको पहिचानमा उपयोगी हुन्छ ।