Successfully Copied

मेरो डिजाइन लगाउने नारीमा खुसी देख्न चाहन्छु  

फेसनले नै समय कसरी चलिरहेको छ भन्ने कुराको संकेत गर्छ । आजको फेसनको दुनियाँलाई ड्रयाग गर्ने मुख्य अस्त्रमध्ये सामाजिक सञ्जाल पनि एक हो । यसैको माध्यमबाट कतिपयले त्यहाँ डिस्प्ले गरिएका डिजाइनमा फ्युजन गरेर नयाँ सिर्जना गरिरहेका हुन्छन् । 

अन्ती गुरुङ 

फेसन डिजाइनर

तपाईंले आफ्नो पहिलो अन्तर्वार्तामा कस्तो पहिरन लगाउनु भएको थियो ?

अन्तर्वार्ता दिँदा म जहिले पनि सेमी–फर्मल आउटफिट नै रुचाउँछु । 

सामाजिक सञ्जालले फेसन इन्डस्ट्रिजमा खेलेको भूमिकाका बारेमा तपाईं के सोच्नुहुन्छ ?

फेसनले नै समय कसरी चलिरहेको छ भन्ने कुराको संकेत गर्छ । आजको फेसनको दुनियाँलाई ड्रयाग गर्ने मुख्य अस्त्रमध्ये सामाजिक सञ्जाल पनि एक हो । यसैको माध्यमबाट कतिपयले त्यहाँ डिस्प्ले गरिएका डिजाइनमा फ्युजन गरेर नयाँ सिर्जना गरिरहेका हुन्छन् । 

डिजाइनिङ गर्दा तपाईंलाई अत्यधिक मनपर्ने भाग ? 

जब म डिजाइन सिर्जनाका लागि बसेकी हुन्छु तब सबैभन्दा पहिले अवधारणा बनाउँछु । मुड बोर्डपछि, इल्युस्ट्ेरसन र फेब्रिक हन्टिङ गर्दै ट्रेल तथा फिटिङ गर्दासम्म जे–जति काम गर्छु उत्तिकै इन्जोय गरिरहेकी हुन्छु । 

तपाईंको डिजाइन लगाउने महिलाले कस्तो अनुभूति गरून् भन्ने चाहनुहुन्छ ?

मेरो डिजाइन लगाउने नारीको अनुहारमा खुसी र हाँसो देख्न चाहन्छु । 

आफ्नो व्यक्तिगत स्टाइललाई कसरी परिभाषित गर्नुहुन्छ ?

मलाई समय, स्थान र अवसर हेरेर पहिरन लगाउन मन लाग्छ । कामका बेला सहज हुने पहिरन हेर्छु भने अन्य समयमा म फेमिनाइन, एलिगेन्ट र स्टाइलिस्ट परिधानको पारखी हुँ । 

रिसाहा ग्राहकसँग कसरी डिल गर्नुहुन्छ ?

म हरेक ग्राहकसँग समान व्यवहार गर्न रुचाउँछु । मेरो जान्न चाहने र सुन्न सक्ने धैर्यका कारण ग्राहकहरू आफैं कन्भिन्स भएका थुप्रै उदाहरण छन्, त्यसैले म नरिसाई उहाँहरूका कुरा सुन्न र उहाँहरूलाई बुझ्न चाहन्छु । 

कुन सेलिब्रेटीका लागि कस्तो डिजाइन गर्ने इच्छा छ ?

पर्सनालिटी, स्टाइल र उनले गरेको काम र योगदान सुनेका आधारमा जोर्डनकी रानी ‘क्विन रानिया’ का लागि एलिगेन्ट रोयल लुक्सको पहिरन डिजाइन गर्ने ठूलो इच्छा छ । 

तपाईंको पछिल्लो डिजाइन कुन हो ?

मैले गरेको पछिल्लो डिजाइन मेरो स्प्रिङ–समर कलेक्सनका पहिरन थिए, जसलाई मैले लन्डनको एउटा भव्य इभेन्टमा प्रस्तुत गरेको धेरै भएको छैन । 

तपाईंलाई सोध्नैपर्ने कुनै एउटा प्रश्न कुन होला, जसमा तपाईंको उत्तर के हुनेछ ? 

मेरो डिजाइन स्टुडियोका बारेमा सोध्नुभयो भने मेरो उत्तर–‘मेरो इन्स्पायर फेसन स्टुडियोभित्र म पहिरनभन्दा पनि मानिसको खुसी डिजाइन गर्न चाहन्छु जसले मेरा पहिरन लगाउनेहरूको मुहारमा मुस्कान ल्याओस् ।’

 

 Image