नेपाली छोरी प्रतिष्ठा ‘तृष’ राउतले गत वर्ष बेलायतको नेपाली समाजलाई गर्व गर्ने अवसर जुराइदिइन् । २० हजार आवेदकमध्येबाट उनी बेलायतको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस इंग्ल्याण्ड—२०१९’ का लागि छानिइन् । अन्तिम प्रतिस्पर्धाका लागि टप ४० मा छनोट भएकी उनले प्रतिस्पर्धात्मक प्रतियोगितामा फाइनलमा प्रवेश गर्दै
नेपाली छोरी प्रतिष्ठा ‘तृष’ राउतले गत वर्ष बेलायतको नेपाली समाजलाई गर्व गर्ने अवसर जुराइदिइन् । २० हजार आवेदकमध्येबाट उनी बेलायतको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस इंग्ल्याण्ड—२०१९’ का लागि छानिइन् । अन्तिम प्रतिस्पर्धाका लागि टप ४० मा छनोट भएकी उनले प्रतिस्पर्धात्मक प्रतियोगितामा फाइनलमा प्रवेश गर्दै सेकेण्ड रनरअपसहित ‘पब्लिसिटी क्वीन’को उपाधि समेत जितिन् ।
भूपु गोर्खा प्रकाश राउत र मीना राउतकी एक्ली छोरी प्रतिष्ठा हङकङमा जन्मिएकी हुन् । उनी ५ वर्षको हुँदा उनको परिवार बेलायत बसाइ“ सरेपछि उनी त्यहीँ हुर्किइन् । संखुवासभा पुर्खौली घर भएकी २६ वर्षीया प्रतिष्ठा ५ फिट ७ इन्च अग्ली छन् । १६ वर्षदेखि मोडलिङमा लागेकी उनले युनिभर्सिटी अफ ब्राइटनबाट इन्टेरियर आर्किटेक्चरकी स्नातक हुन् । बेलायतको अल्डरसट निवासी उनी पेसाले पार्लोर प्लान आर्किटेक्टका रुपमा कार्यरत छन् ।
९ वर्षको उमेरमा आमा र दाजुसँगै नेपाल आएर विराटनगरमा बसेको र नेपाली सिकेको उनी बताउँछिन् । यसपटक दुई साताका लागि नेपाल आउँदा नारीसँगको भेटमा उनले आफूमा नेपाली भाषाको भोक रहेको मात्रै बताइनन्, केही समयमै नेपाली टेलिभिजनका प्रस्तोताहरुझै स्पष्ट नेपाली बोल्ने बताइन् । मःम, पानीपुरी र चटपटे उनलाई खुबै मन पर्छ । उनलाई नेपालका विविध सांस्कृतिक पहिरन र खानपिनले लोभ्याउँछ । भन्छिन्, ‘नेपाली वेडिङ त मलाई सबैभन्दा मन पर्छ ।’
अझै पनि विवाहअघिको मनोवैज्ञानिक परामर्शका बारेमा वकालत पुगेको छैन
अझै पनि विवाहअघिको मनोवैज्ञानिक परामर्शका बारेमा वकालत पुगेको छैन
परम्परागत शैलीभन्दा वैज्ञानिक पाटोलाई बुझ्ने तथा प्रेम सम्बन्धमा रहेका जोडीहरू मनोपरामर्शका लागि आउने गरेका छन् । प्रेम सम्बन्धमा रहनु एउटा पक्ष हो भने वैवाहिक सम्बन्धमा जानु अर्को महत्वपूर्ण पक्ष हो । विवाह गर्नु भनेको पारिवारिक सम्बन्धमा जानु हो, जहाँ सञ्चार, दायित्व एवं सद्भावजस्ता कुराहरूको महत्वपूर्ण भूमिका