कलामा बिम्बित महिला अधिकारका मुद्दा
दक्षिण एसियाका १० चर्चित कलाकारका सिर्जनाले महिला अधिकारका मुद्दालाई गहिरो विश्लेषण र संवेदनशील दृष्टिकोणबाट प्रस्तुत गरेका छन् । सामाजिक संरचनामा भएको असमानता र महिलाको प्रतिरोधको महत्व पनि कलामा उजागर भएको छ ।
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा हालै सम्पन्न भएको मिस डिभा नेपाल प्रतियोगिताको दोस्रो संस्करणको उपाधि जित्न सफल भएकी छिन् योजना भट्टराई ।
योजनाले प्रतियोगितामा स्माइल विधाको अवार्ड पनि उचालिन् । यसै प्रतियोगिताको फस्ट रनर अप तर्फ क्याटवाक विधाको अवार्ड सहित सोनाली हमाल र सेकेन्ड रनर तर्फ रिस्ना कटुवाल विजयी बनेका थिए ।
२० जना प्रतिस्पर्धी रहेको सो प्रतियोगिताको आयोजना व्हाइट पर्ल इन्टरटेन्मेन्टले गरेको हो । प्रतियोगिता अन्तर्गतको मुख्य विधामा अलिना विष्ट ट्यालेन्ट, दिक्षा पुन फोटोजेनिक, प्रतिमा देवकोटा पर्सनालिटी, अलिशा तामाङ पपुलर तथा मिरल पाण्डे वेष्ट ड्रेस अवार्ड विजेता तय गरिएका थिए ।