मिस कोस्मोको ‘राष्ट्रिय पोशाक’ प्रतिस्पर्धामा नेपाल उत्कृष्ट १५ मा
गोरखाको सम्पदा र विरासतबाट प्रभावित भएर फेसन डिजाइनर सोनम सुब्बाले पहिरन डिजाइन गरेका हुन् । गोरखा दरबारको आँखी झ्यालबाट प्रेरणा लिएर आफूले कस्ट्युम डिजाइन गरेको उनले बताएका छन् ।
एससीडब्लूसी नेपाल वेष्ट वुमन इन्टरप्रेनर–२०१८ एवार्ड कार्यक्रमको प्रमुख आकर्षण रह्यो— फेसन शो । जसमा नमुना कलेज अफ टेक्नोलोजीका विद्यार्थी डिजाइनर, कलिस्टो डिजाइन्सका अनु श्रेष्ठ तथा स्वनिग: डिजाइन्सका सरिता तुलाधरले तयार पारेका पहिरनहरू प्रदर्शन गरिएका थिए ।
उक्त अवसरमा नेपाल नटक्राफ्ट सेन्टरकी अध्यक्ष श्यामवदन श्रेष्ठ उत्कृष्ट इन्टरप्रेनर घोषित भएकी थिइन् । श्रेष्ठले अब श्रीलंकाको कोलम्बोमा आयोजना हुने सार्क महिला उद्यमी पुरस्कार— २०१८ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।