अभिनव म्यानहन्ट विजेता
अभिनव थापाले अर्ना म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४ को उपाधि पाउन सफल भएँ । उनले थाइल्याण्डमा आगामी मे महिनामा थाईल्याण्डमा संचालन हुने म्यानहन्ट इन्टरनेसनल मेल सुपर मोडल २०२४ मा नेपालको तर्फबाट सहभागिता जनाउने छन् ।

नेप्लीज फेसन होमले आयोजना गरेको ‘मिस लिटिल नेवा: ११३९’ उपाधि सनिशा लगेजुले जितेकी छिन् । शनिवार राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगिताको ग्राण्ड फिनालेमा लगेजुले उपाधिसहित नगद राशी तथा विभिन्न उपहारहरु पाएकी छिन् ।
२४ जना बालिकाहरुले सहभागिता जनाएको उक्त प्रतियोगितामा लुस्वाँ मानन्धरले फस्ट रनर्स अपका साथमा मिस सोसल एम्बेसडर प्रमुख, सेलिना प्रजापतिले सेकेण्ड रनर्स अप तथा अन्वेषा कर्माचार्यले थर्ड रनर्स अपको उपाधि जित्न सफल भए । प्रतियोगितामा पलिस्ता नापितले फोर्थ रनर्स अपको उपाधिमा चित्त बुझाइन् । पस्तिाले मिस फ्रेण्डशीपको टाइटल एवार्ड पनि जितिन् ।
नेवारी भाषा, कला तथा संस्कृतिलाई जगेर्णा गर्ने तथा अहिलेको पुस्तालाई जानकारी गराउने उदेश्यले आयोजित उक्त प्रतियोगितामा बियंका खड्का ताम्राकारले मिस ट्यालेन्ट, युशिका अमात्यले मिस पर्सनालिटी, रेवती महर्जनले मिस कल्चर, जेनिशा बज्राचार्य र दृष्टि श्रेष्ठले बेस्ट हेयर, हिमानी प्रधानले मिस इनोसेन्ट, सफलता श्रेष्ठले बेस्ट नेपाल भाषा, उन्नती प्रधानले मिस फ्रेण्डशीप, कृपा स्वङ्निखा र बिनिभा सुवालले मिस फोटोजेनिक, लुस्वाँ मानन्धरले मिस सोसल एम्बेसडर प्रमुख, अन्वेषा कर्माचार्यले मिस सोसल एम्बेसडर प्रमुख, रिया श्रेष्ठले मिस चार्मिङ, रेहा रञ्जितले मिस डिसिप्लिन, अदिति विरबलले बेस्ट स्माइल तथा अनुष्का श्रेष्ठले मिस क्यूट तथा बेस्ट स्किनको उपाधि जित्न सफल भए ।
पूर्व प्रधानमन्त्री गोपालमान श्रेष्ठका प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा उद्योगी प्रदिपमान प्रधान, मिस नेवा: एञ्जल श्रेष्ठ, कराँते खेल विज्ञ सिहान अशोककुमार श्रेष्ठ, नमूना फेसन कलेजका जिबेश्वरलाल श्रेष्ठ तथा संगीतकार जुगल डंगोल निर्णायकको रुपमा रहनु भएको थियो ।