Successfully Copied

नाङ्गोपनमा किन लिङ्ग छुट्याईन्छ – रेवती क्षेत्री

एउटा नायकले सर्ट खोलेर अभिनय गर्दा नांगिएको नहुने । तर, एउटा यूवतीले बाथटपपमा नुहाएको दृश्य खिच्दा नांगिएको हुने । किन, सर्ट खोलेर अभिनय गर्ने केटामाथि प्रश्न उठाइदैन । किन केटीलाई मात्र प्रश्न उठाइन्छ ?’

अहिले चर्चामा रहेको चलचित्र ‘समर लभ’बाट नेपाली रजतपटमा भित्रन लागेकी अभिनेत्री हुन् – रेवती क्षेत्री । उनी पहिलो चलचित्रबाटै बोल्ड अवतारमा प्रस्तुत भएकी छिन् । चर्चित उपन्यासको कथामाथि बनेको यो चलचित्रको सार्वजनिक ट्रेलर तथा गीतबाटनै उनको अभिनयको चर्चा सुरु भएको छ ।

यो चलचित्रको एक दृश्यमा नायिका रेवती क्षेत्री बाथटपमा नुहाउँदै गरेको दृश्य देख्न सकिन्छ । कतिपयले यसलाई न्यूड दृष्य भनेका छन् । उनको उक्त सिनसँगै चलचित्र बजार एकपट गर्माएको छ । 

तर, अभिनेत्री क्षेत्रीले उक्त सिन तथा चलचित्रमा आफूले निर्वाह गरेको भूमिकालाई सामान्य रुपमा लिएकी छिन् । बरु गर्माएको चलचित्र बजारसँग उनको आपत्ती छ । उनले पत्रकारसँग भनिन्न्–‘एउटा नायकले सर्ट खोलेर अभिनय गर्दा नांगिएको नहुने । तर, एउटा यूवतीले बाथटपपमा नुहाएको दृश्य खिच्दा नांगिएको हुने । किन, सर्ट खोलेर अभिनय गर्ने केटामाथि प्रश्न उठाइदैन । किन केटीलाई मात्र प्रश्न उठाइन्छ ?’

रेवती र चलचित्रका मुख्य अभिनेता आशिष पियाको अन्तरंग दृश्य चलचित्रमा फिचरिङ गरिएको छ । उनले चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा पुगेका पत्रकारलाई ‘न्यूडिटी’ भनेको के हो भनेर प्रश्न समेत गरेकी छिन् ? 

 

 Image