गायिका इन्दिरा भट्टराईको ‘एक्सिडेन्ट भयो न्यूरोडमा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । जसमा एलिशा राईले अभिनय गरेकी छिन् । बुढा सुब्बा डिजिटल प्रालि ले आइतबार यूट्युबमार्फत भट्टराईको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो ।
गायिका भट्टराईको आवाज रहेको उक्त गीतमा लालबहादुर सुब्बाको शब्द तथा संगीत रहेको छ भने संयोजन सविन लिम्बूको रहेको छ ।
गम्भीर बिष्टले निर्देशन गरेको भिडियोमा एलिशा राई र श्रीदेव भट्टराईले अभिनय गरेका छन् । म्यूजिक भिडियोमा कोरियोग्राफी सुबोल थापाको रहेको छ । शहरी जीवन र युवाको प्रेमकथालाई गीतले समेटेको गायिका भट्टराईले जनाएकी छिन् ।
अस्कर कलेजको 'युवा सर्ट फिल्म प्रतिस्पर्धा'मा 'दसैं आयो'ले जित्यो १ लाख नगद
अस्कर कलेजको 'युवा सर्ट फिल्म प्रतिस्पर्धा'मा 'दसैं आयो'ले जित्यो १ लाख नगद
शिल्पा केसीद्वारा निर्देशित 'दसैं आयो'ले एक लाख नगद पुरस्कार जितेको छ। अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज)द्वारा आयोजित 'दोस्रो युवा सर्ट फिल्म प्रतिस्पर्धा'मा दसैं आयो प्रथम भएको हो।