गायिका इन्दिरा भट्टराईको ‘एक्सिडेन्ट भयो न्यूरोडमा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । जसमा एलिशा राईले अभिनय गरेकी छिन् । बुढा सुब्बा डिजिटल प्रालि ले आइतबार यूट्युबमार्फत भट्टराईको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो ।
गायिका भट्टराईको आवाज रहेको उक्त गीतमा लालबहादुर सुब्बाको शब्द तथा संगीत रहेको छ भने संयोजन सविन लिम्बूको रहेको छ ।
गम्भीर बिष्टले निर्देशन गरेको भिडियोमा एलिशा राई र श्रीदेव भट्टराईले अभिनय गरेका छन् । म्यूजिक भिडियोमा कोरियोग्राफी सुबोल थापाको रहेको छ । शहरी जीवन र युवाको प्रेमकथालाई गीतले समेटेको गायिका भट्टराईले जनाएकी छिन् ।
विवेक, दिपशिखा र रुथलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सफलता
विवेक, दिपशिखा र रुथलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सफलता
हालै इन्डोनेशियामा सम्पन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिष्टर एण्ड मिस कल्चर इन्टनेसनल तथा मिष्टर एण्ड मिस टिन कल्चर इन्टरनेसनल २०२५ मा नेपालका सहभागिता जनाएका सहभागिहरुले सफलता हासिल गरेका छन् ।