निर्मला भण्डारी बनिन् ‘मिस डिस्एबिलिटी क्विन’ नेपाल २०२४
प्रतिस्पर्धामा विवाहित तथा अविवाहित गरी २२ जना प्रतिस्पर्धीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा बिजेता बन्नुका साथै पर्सनालिटी विधाको अवार्ड सहित जितेकी छन ।

गत आइतबार चण्डोलस्थित कुुन्डलिनी क्लब पृथक डिजाइनका राता पहिरनले दुलहीजस्तै सजिएको थियो र अवसर थियो— आइसी ट्रेनिङ इन्स्टिच्युट तथा आइसी आर्ट अफ फेशन कलेजले प्रत्येक वर्ष आयोजना गर्ने रेड फेसन शोको ।
रेड शोमा यो बर्ष पनि विद्यार्थी, मोडल, फेसन डिजाइनरहरूको प्रस्तुुति पृथक रह्यो । फेसन शोमा स्कुल र कलेजका गरी २ सय ८८ जना फेसन डिजाइनर तथा ९३ जना इन्टेरियर डिजाइनरले फरक थिमका राता पहिरनमा प्रस्तुुति दिएका थिए ।
विभिन्न समूहमा दिइएको प्रस्तुुतिको आधारमा उत्कृष्ट चार विधामा विजेताका साथै अपकमिङ डिजाइनर छनौट गरिएको थियो ।