आरबोन्नीलाई ‘मिस युनिभर्स’
अमेरिकी सुन्दरी आरबोन्नी गाब्रियलले ‘मिस युनिभर्स २०२२’ को ताज चुम्न सफल भएकी छन् । अमेरिकाको लुसियानामा सम्पन्न ७१ आंै संस्करणको फाइनल प्रतिस्पर्धामा दश वर्षयता अमेरिकी सुन्दरीले ‘मिस युनिभर्स’ को ताज जितेको यो पहिलो हो ।

अञ्जना गुरुङ सुगम संगीतका गीत गाएर चर्चामा आएकी गायिका हुन् । उनले गाएका चलचित्रका गीतहरू समेत उत्तिकै लोकप्रिय छिन् । कन्हैया सिंह परियार पनि सुगम संगीतका स्थापित गायक तथा संगीतकार हुन् ।
अञ्जना र कन्हैया दम्पती हुन् । एउटै क्षेत्रमा सक्रिय यो जोडीले यतिबेला आफ्ना प्रसंशकलाई एउटा रमाइलो सरप्राइज दिएका छन् । उनीहरूले आफ्नी छोरी अपेक्षा सिंह परियारलाई आफ्नै नयाँ गीतको म्युजिक भिडियोमा मोडलका रूपमा प्रस्तुत गरेका छ ।
हालै सार्वजनिक गायिका गुरुङको स्वरको ‘झिमझिम परेली...’ गीतको म्युजिक भिडियोमार्फत अपेक्षाले अभिनयमा पदार्पण गरेकी हुन् । अमेरिकामा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोमा अमेरिकामै बसोबास गरिरहेका नेपाली कलाकारहरूले सहकार्य गरेका छन् ।