रंगमञ्चमा समाज रूपान्तरणको सपना
मानव समाज हिजो, आज र भोलि गर्दै समयको गति र लयमा दौडिरहेको छ । समय र पुस्ता फेरिए, र पनि हिजोको समयमा चलेका अनगिन्ती कुरीति, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासले जेलिएका परम्पराहरू आजको समाजमा यथावतै छन् ।

मिस्टर मोडल अफ द वल्र्डमा विजयी हुँदा दिक्पालमा पूरै आत्मविश्वास झल्किन्थ्यो । तेस्रो पटकको प्रयासपछि उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा ठूलै सफलता हात पारे । न जितेसम्म भाग लिन छोड्दिन भन्ने जिद्दीपनले नै लगातार ३ वर्षको ब्याक टु ब्याक प्रतियोगितामा सहभागी भए उनी ।
सन् २०१२ मा पशुचिकित्सक भएका दिक्पालले मोडलिङमै आफ्नो करियर अघि बढाइरहेका छन् । जनावरप्रेमी दिक्पालले दाइ इन्जिजियर भएपछि घरबाट डाक्टर हुनुपर्ने प्रेसरका कारण भेटनरी पढ्ने सोच बनाएका हुन् ।
सुरुमा केही समय भेटनरीमा काम गरे पनि मोडलिङको मोहले गर्दा नामको अगाडिको डाक्टरलाई थाती राखी उनी यसमै रमाइरहेका छन् । कार्कीले मिस्टर नेपालमा कोरियोग्राफर तथा प्याजेन्ट डाइरेक्टरका रूपमा काम गरिसकेका छन् ।
चलचित्रको अनुभव नमीठो भएका कारण उनलाई चलचित्रमा आउने त्यति रहर छैन । दिक्पाल केही वर्ष मोडलिङमा लागेर भेटनरी क्षेत्रमा समेत सक्रिय हुने सोचमा छन् । उनको अनुभवमा यदि कुनै क्षेत्रमा आफ्नो रुचि छ भने जसरी भए पनि लाग्नैपर्छ अन्यथा जति सफल भए पनि त्यसको प्यासले जीवनमा कहिल्यै सन्तुष्टि प्राप्त हुँदैन ।