‘बार्बी’ चलचित्रको च्यारिटी सो
आइएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राका अनुसार बालबालिका भोलिको भविष्य भएकाले शिक्षा अत्यावश्यक हुन्छ । मल्होत्राले पढ्न पाउनु उनीहरुको अधिकार भएको कुरा बताए ।
थाहा पाएँ तिम्रो बानी, भनिदिन्छु म त सबै धेरैले सुनेको गीत हो । १३ वर्षअघि स्टोरी शीर्षकको एल्बम बजारमा ल्याएकी गायिका एञ्जिला गौचनले म्युजिकमै ब्याचलर्स गरेकी छिन् । उनले संगीतमा केही गर्ने उद्देश्यका साथ काठमाडौं आएर पढेकी हुन् । विवाहपछि सुस्ताएकी एञ्जिलालाई संगीतको नशाले भने छोडेन । गायन आफ्नो दु:ख बिसाउने चौतारी भएको बताउने गौचनको खुलेर रमाउने ठाउँ नै यही हो ।
ुगम गीत गाउँदा आनन्दित हुने गौचन २०७४ सालमा थकाली भाषाको एल्बम थासाङ ल्हम्बु सार्वजनिक गर्दै गायनमा आएकी हुन् । उनी १३ वर्ष होटल व्यवसायमा व्यस्त रहिन् । अब भने विजनेसका साथै आफ्नो रुचि र खुबीलाई पनि सँगै लान्छु भन्ने उनको अठोट छ । अहिले एञ्जिला आफ्नो तेस्रो एल्बम ‘एञ्जिला’ लिएर आएकी छिन् भने आफ्नो थकाली भान्सामा लाइभ म्युजिक प्रस्तुत गर्ने तयारीमा समेत छिन् ।