Successfully Copied

महिलाको सेरोफेरोमा प्रमिला

कतिपय चित्रमा भूकम्प तथा नाकाबन्दीका घटनासमेत समावेश थिए । प्रमिलाका चित्रमा प्राय:जसो महिलाको चुचुरोमा पुग्ने रहरलाई बीचबीचमा क्याक्टसहरूले बाधा पुर्‍याइएको र पछि चुच्चोमा फूलको सिम्बोलले सफलता चुमेको देखाइएको छ ।

प्रमिला बज्राचार्य कलाप्रति समर्पित सर्जक हुन् । दुई दशक लामो उनको कला यात्रा महिला तथा ल्यान्डस्केप थिममा केन्द्रित भएको पाइन्छ । जीजी मचानमा सम्पन्न मेरो सेरोफेरो कला प्रदर्शनीमा उनका महिला थिमका कला समावेश थिए जहाँ बज्राचार्यले २४ वटा पेन्टिङमार्फत आफ्ना वरिपरि घटेका, देखेका महिलाहरूसँग सम्बन्धित घटनाहरूलाई प्रस्तुत गरेकी थिइन् ।

कतिपय चित्रमा भूकम्प तथा नाकाबन्दीका घटनासमेत समावेश थिए । प्रमिलाका चित्रमा प्राय:जसो महिलाको चुचुरोमा पुग्ने रहरलाई बीचबीचमा क्याक्टसहरूले बाधा पुर्‍याइएको र पछि चुच्चोमा फूलको सिम्बोलले सफलता चुमेको देखाइएको छ । 

प्रमिलाका चित्रमा ग्रामीण महिलाका अनेक मनोदशा देख्न पाइन्छ । प्रमिलाले एक्रेलिक तथा तैल माध्यमबाट महिलाको अनुहारमार्फत उनीहरूका अनुभूतिलाई क्यानभासमा कैद गरेकी छिन् । उनका चित्रमा महिलाका पीडा, खुसी, तनाव, दु:ख, निराशा, एक्लोपन आदि स्पष्ट अनुभव गर्न सकिन्छ । प्रदर्शित चित्रमा वुमन विथ फ्लावर, डान्सिङ सिरिज, नेवार महिलाहरू, भूकम्प तथा बंगलादेशका आदिवासी महिलाहरूलाई स्थान दिइएको थियो । 

बंगलादेशमा कला प्रदर्शनीका लागि जाँदा नेपालमा जस्तै आदिवासी महिलाहरू र त्यस्तै पहिरन देखेर छक्क परेकी प्रमिलाले त्यही सिरिजमा चित्र कोरेकी थिइन् । उनका अहिलेका चित्रमा महिला आकृतिमा पनि आँखालाई फोकस गरिएको छ । प्रमिलाले चित्रमार्फत देखाउन खोजेका महिला अनुभूति बहुआयामिक तथा लोभलाग्दा छन् ।

 Image