Successfully Copied

नानापसल

अनलाइनमार्फत पनि अर्डर गर्न र डेलिभरी लिन सकिने नानापसलका सामग्रीहरूमा साइजमा भेराइटी एवं छनोटमा विविधतालगायत पहिरनसँग म्याच हुने एसेसरिज मुख्य आकर्षण हुन् ।

स्थान : दरबारमार्ग टायम्स स्क्वायर मलसँगै

विशेषता : बालबालिकाका लागि ब्रान्डेड पहिरन

हालसालै खुलेको नानापसलमा भर्खरै जन्मिएका शिशुहरूदेखि १३ वर्षसम्मका बालबालिकाका लागि अन्तर्राष्ट्रिय ब्रान्डेड पहिरन उपलब्ध छन् ।

मलेसिया, जर्मन, थाइल्यान्ड आदि मुलुकबाट आयात गरिने यी परिधान स्किन फ्रेन्डली, लगाउँदा अत्यन्त सहज, पृथक् ढाँचा र शैलीका देखिन्छन् ।

एचएनएम, अस्कस, जिम्बोरी, पार्टर, हटसप, लवएवल फ्रेन्ड, पादिनी किड्स आदि अन्तर्राष्ट्रिय ब्रान्डका यहाँका पहिरनको मुख्य विशेषता सुलभ मूल्यमा गुणस्तरीय सामग्री हो ।

अनलाइनमार्फत पनि अर्डर गर्न र डेलिभरी लिन सकिने नानापसलका सामग्रीहरूमा साइजमा भेराइटी एवं छनोटमा विविधतालगायत पहिरनसँग म्याच हुने एसेसरिज मुख्य आकर्षण हुन् ।

 Image