समतामूलक समाजको सिर्जना
शिक्षा–स्वास्थ्य र चेतनाको विकास गर्नुपर्छ । सुन्दर समाज बनाउन हामी अगाडि बढ्नुपर्छ ।

टाढा होला कि भन्ने पनि डर लाग्छ !
नजिक होला कि भन्ने पनि डर लाग्छ !!
मनभरि माया पनि छ !
यद्यपि माया लाग्छ भन्न पनि डर लाग्छ !!
कति ठूला–ठूला पर्खालहरू छन् !
तिमी बुझ्दै–बुझ्दैनौ
मलाई भने बुझाउनै डर लाग्छ !
किन भने बुझेर टाढा जान्छौ कि भन्ने डर लाग्छ !!
नबुझेर, मुटुमा टाँसिन्छ्यौ कि भन्ने पनि डर लाग्छ !
चियो गर्नेहरू धेरै छन्,
कतै बदनामी होला कि भन्ने डर लाग्छ !
माया नभएको होइन, निष्ठुरी नभन मलाई
माया गरूँ न भन्न पनि डर लाग्छ !