घरैमा स्वरोजगार
चितवनको माडीस्थित बोटे, थारू, दुरा, दराई, पुन मगर, गन्धर्वलगायत आदिवासी जनजाति तथा लोपोन्मुख समुदायका महिला होमस्टे चलाएर आत्मनिर्भरतातर्फ लम्किँदैछन् ।

स्थान : बानेश्वर, शंखमूल प्लाजाको अपोजिट
विशेषता : लेटेस्ट सुन तथा चाँदीका गहना
पछिल्लो शैली र डिजाइनका सुन तथा चाँदीका गरगहना पाइने हिरण्य ज्वेलर्समा नवीन शैलीका रानीहारदेखि लिएर क्रिस्टल एवं मोतीका झुप्पामा सुनका आकर्षक लकेट राखिएका माला शैलीका हारहरू उपलब्ध छन् ।
साना–ठूला डिजाइनमा निर्मित छड्के, ठूलो तिलहरी र ठूला आकारका पञ्चस्टोनयुक्त औंठी यहाँका मुख्य आकर्षण हुन् । उचित पार्किङ सुविधा भएको हिरण्य ज्वेलर्स उपयुक्त लोकेसन तथा गहना बनाउँदा लाग्ने ज्याला र जर्दीमा सुलभताका कारण छोटो समयमै लोकप्रिय बन्न पुगेको छ ।
सुलभ ज्यालादरमा अत्यन्त बलिया, गुणस्तरीय तथा आकर्षक शैलीका गहना पाइने यो ज्वेलर्सबाट खरिद गरिएका सामान पछि बेच्नुपर्दा बिलअनुसार कुनै घाटा नपर्ने गरी यहीँ बेच्न सकिन्छ ।