Successfully Copied

महिला निर्देशित ‘अगेन्स्ट अल अड’ सर्वोत्कृष्ट

प्रतियोगितामा सर्वोत्कृष्ट हुने ज्योत्सना सिंह ठकुरीको ‘अगेन्स्ट अल अड’लाई आइवार्ट नेपालका अध्यक्ष मन्टेश्वरी राजभण्डारीले २५ हजारसहित पुरस्कार प्रदान गरिन् ।

महिलाले निर्देशन गरेका छोटा चलचित्र प्रतियोगितामा ज्योत्सना सिंह ठकुरीको ‘अगेन्स्ट अल अड’ सर्वोत्कृष्ट भएको छ । यस्तै विद्या चापागाइको ‘स्टोरी अफ स्कूल’ र निशा मानन्धरको ‘वी क्यान’उत्कृष्ट तीनमा पर्न सफल भएका छन् ।

प्रतियोगितामा चलचित्र निर्देशक सम्झना उप्रेती रौनियार, शुष्मा गौतम र असिम शाह निर्णायक रहेका थिए । प्रतियोगितामा नेपालका सात फिल्म अन्तिम चरणमा पुगेका थिए ।

प्रतियोगितामा सर्वोत्कृष्ट हुने ज्योत्सना सिंह ठकुरीको ‘अगेन्स्ट अल अड’लाई आइवार्ट नेपालका अध्यक्ष मन्टेश्वरी राजभण्डारीले २५ हजारसहित पुरस्कार प्रदान गरिन् ।

यस्तै उत्कृष्ट हुने दुई चलचित्रलाई दोसल्ला र मायाको चिनोसहित सम्मान गरियो । आइवार्ट नेपालले आयोजना गरेको दोस्रो आइवार्ट महिला चलचित्र महोत्सवमा महिलाले निर्देशन गरेका १० देशका १२ चलचित्र प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा चलचित्रका निर्देशकसँग चलचित्र सम्बन्धमा अन्तरक्रिया पनि गरिएको थियो । काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा आइवार्टका अन्तर्राष्ट्रिय अध्यक्ष भ्वायलेट गोन्डा र संचार अधिकृत गीतालाल सहाइको पनि उपस्थिती रहेको थियो ।

 Image