Successfully Copied

स्वास्थ्य सेवाका लागि मोबाइल एप

यसले गर्दा समयको बचत र सहज सेवा प्राप्त हुने दाबी कम्पनीको छ । यो एप घर, अफिस तथा तत्काल आवश्यक परेको ठाउँमा उपयोगी हुन्छ । यसबाट आफ्ना लागि मात्र नभएर अरुका लागि समेतसेवा लिन मिल्छ ।

सहज स्वास्थ्य सेवाका लागि मोबाइल एप्लिकेसन डकनक सार्वजनिक भएको छ । डाक्टर अन डिमान्ड कम्पनीले निर्माण गरेको यो एपले डाक्टर तथा नर्स खोज्न, औषधि मगाउन, एम्बुलेन्स बोलाउन, प्रयोगशाला जाँचका लागि समेत घरैमा बसीबसी सेवा प्रदायकको सेवा प्राप्त गर्न सहयोग गर्नेछ ।

यसले गर्दा समयको बचत र सहज सेवा प्राप्त हुने दाबी कम्पनीको छ । यो एप घर, अफिस तथा तत्काल आवश्यक परेको ठाउँमा उपयोगी हुन्छ । यसबाट आफ्ना लागि मात्र नभएर अरुका लागि समेतसेवा लिन मिल्छ ।

यो लोकेसनमा आधारित एप हो । यसमा स्थानीय डाक्टरहरू दर्ता गरिएका हुन्छन् । नि:शुल्क रूपमा डाउनलोड गर्न मिल्ने यो एपले उपत्यकाका धेरैजसो घरमा आधादेखि एक घन्टाभित्र पुग्ने र सेवा प्रदान गर्ने काम गर्छ । यसमा कुनै विषयमा स्वास्थ्य परीक्षण गराउन वा नियमित जाँचका लागि आफ्नो सबैभन्दा नजिक भएका डाक्टरलाई बोलाउन सकिन्छ ।

यसमा दर्ता गरिएका डाक्टरमध्ये सबैभन्दा नजिक भएका डाक्टरको सेवा लिन सकिन्छ । घरमै बसेर आफूले चाहेको विशेषज्ञसँग समय लिन सकिन्छ । आकस्मिक अवस्थामा एम्बुलेन्स बोलाउन पनि यो एप प्रयोग गर्न मिल्छ ।

 Image