देशैभरी ब्याप्त बलत्कारको घटनमा परेकी बालिका र परदेशमा गएका नेपाली युवाको कठिन आत्मकथालाई गीतमा ब्यक्त गरिएको छ । धन कमाउन गएका नेपाली युवा/युवतीहरु काठको बाकसमा फर्किनु पर्दाको पीडा गीतमा ब्यक्त गरिएको छ ।
गायिका शान्ति श्री परियार पछिल्लो समय निक्कै चर्चामा छिन् । प्राय सेन्टिमेटल लोक गायनमा लोकप्रिय परियार ‘बोल माया’बोलको गीत पनि निक्कै चर्चामा आईन । त्यसयता उनले चेली लगायतका उस्तै कर्णप्रिय गीत गाएकी छिन् ।
उनै गायिका परियार यतिबेला अर्को मन छुने गीतका साथमा बजारमा आएकी छिन् । ‘चिल गाडी’बोलको उनको उक्त गीत सुसेली म्युजिक प्रालीले बजारमा ल्याएको हो ।
देशैभरी ब्याप्त बलत्कारको घटनमा परेकी बालिका र परदेशमा गएका नेपाली युवाको कठिन आत्मकथालाई गीतमा ब्यक्त गरिएको छ । धन कमाउन गएका नेपाली युवा/युवतीहरु काठको बाकसमा फर्किनु पर्दाको पीडा गीतमा ब्यक्त गरिएको छ ।
गीतमा पुर्ण संयोग र लोकराज सिंहको शब्द तथा लय सिर्जन रहेको छ । गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । म्यूजिक भिडियोमा राजेश घिमिरेको छायांकन, अमर शाक्यको सम्पादन, कपिल लामाको निर्देशन र विमल अधिकारी र सारिका केसीको अभिनय रहेको छ ।
मेष
बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । कुनै निर्णायक तहमा बसेर काम गर्नुपर्ने जिम्मेवारी आउन सक्छ । रोकिएका सबै काम क्रमशः सफलतातिर उन्मुख हुँदै जानेछन् । चोटपटक लाग्ने सम्भावना भएकाले कुनै पनि काम गर्दा सतर्क रहनुपर्ने बेला छ ।