दराजले गर्छ कोठा व्यवस्थापन

नारी संवाददाता

मंसिर ११, २०७५

कतै अफिस वा कुनै समारोह, स्कूल वा अन्य कतै जाने बेला आफूलाई चाहिने पहिरन तथा सामान नपाउँदा भनेको बेलामा निश्चित ठाउँमा पुग्न सकिँदैन । आफूलाई चाहिने सामान भनेको बेलामा नपाएपछि सामान खोज्नमै समय खेर गैरहेको हुन्छ । यस्तो अव्यवस्थित अवस्थालाई सफा र आकर्षक बनाउँछ वार्डरोबले । मेरो त्यो ड्ेरस कता गयो, कहाँ परेछ भनेर घरका सदस्यलाई गुहार्न नपर्ने गरी सामानको सही व्यवस्थापन गर्छ वार्डरोबले ।

 

दराज व्यवस्थापन गर्ने उपाय

-    दराज राम्रोसँग सफा गर्ने अनि जुन–जुन पहिरन दराजमा राख्ने हो ती पहिरनलाई राम्रोसँग पट्याउने । दराजमा पहिरनबाहेक अन्य सामान समेत राख्न सकिन्छ ।

-    दराजमा मिलाएर कपडा राख्नुपर्छ । कुन र कति सामान दराजमा राख्ने हो सबै कुराको योजना बनाउनुपर्छ । यसका लागि थोरै फरक ठाउँ राख्दै कपडा राख्नु उपयुक्त हुन्छ ।

-    सबै पहिरन तह लगाएर राख्नुपर्छ भन्ने पनि छैन । कतिपय पहिरन हेंगरमा झुन्डाएर राख्न सकिन्छ । खासगरी कोट, ब्लेजर, साडीजस्ता पहिरनमा क्रिज बस्ने भएका कारण हेंगरमा राखे कुनै समस्या देखापर्दैन ।

-    बजारमा वुडन, स्टिल, प्लास्टिक आदिका फरक–फरक स्टाइलका हेंगरहरू किन्न सकिन्छ । कोट झुन्ड्याउन चौडा आकारको हेंगर उपयुक्त हुन्छ ।

साडीका लागि पातलो तथा सर्ट र ट्राउजरका लागि क्लिप भएको हेंगर प्रयोग गर्न सकिन्छ ।

-    कुनै पहिरन लामो समय नलगाउने हो भने त्यत्तिकै दराजमा राख्नु हुँदैन । त्यसलाई दराजबाटै हटाउनु राम्रो हुन्छ ।

-    दराजमा जुत्ता पनि राख्न सकिन्छ तर जुत्ता कहिल्यै खुल्ला राख्नुहुँदैन । जुत्ता बक्समा राखे त्यसको गन्ध अन्य पहिरन तथा सामानहरूमा पुग्न सक्छ ।

-    दराजमा कपडा राख्दा बट भएको एक तहमा राख्ने । यसैगरी एउटै स्टाइलका पहिरन अर्काे तहमा मिलाएर राखे कपडा खोजेका बेला सजिलै प्राप्त गर्न सकिन्छ ।

-    जिन्सका कपडा अहिले धेरै प्रयोग हुने पहिरनमा पर्छन् । त्यसैले जिन्सजतिलाई एउटा तहमा राखे आवश्यक परेका बेलामा सजिलै फेला पार्न सकिन्छ अनि कपडा खोज्न लाग्ने समयको समेत बचत हुन्छ ।

-    दराजमा लाइटको व्यवस्था छ भने अँध्यारोमा पनि आफ्ना सामान खोज्न कुनै झन्झट हुँदैन ।

-    दराजमा धेरै खाली ठाउँ छैन भने हुक अट्याच गर्न सकिन्छ । त्यसपछि कपडा तथा जुत्ताका साथै बेडलाइन अर्थात् तौलिया आदि सामान पनि राख्न सकिन्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>