Successfully Copied

एक–अर्काको भाव मिल्ने

जेनीले दिवसलाई दिदीको कमी पटक्कै हुन दिइनन् । उनीहरूबीच कुरा मात्र मिल्दैन च्वाइस पनि मिल्छ । अहिले त जेनीले केही किन्नुपर्दा दिवससँग र दिवसले केही लिनुपर्दा दिवससँग सल्लाह लिन्छिन् । दिवसले अन्तर्राष्ट्रिय रूपमा जितेका ट्रफीहरू जेनीको बुटिकमा सजाईदिएका छन् ।

दिवसकी दिदी प्रशंसामार्फत जेनी र दिवसको भेट भएको हो । प्रशंसाकी फ्यान जेनी उनका गीत सुन्न जीजी मचान पुगिरहन्थिन् । पछि उनीहरूको पारिवारिक सम्बन्ध समेत राम्रो हुँदै गयो । उनीहरूको परिवार नै क्लोज हुन थाल्यो । प्रशंसा अमेरिका गएपछि दिवसको निधार खाली हुने देखेर जेनीले दिवसलाई भाइटीका लगाइदिन थालेकी हुन् । अहिले उनीहरूको सम्बन्ध नङ र मासुको जस्तै छ ।

दिवसले बोल्नु मात्र पर्छ, जेनीले पुर्‍याइहाल्छिन् । जेनीले केही भन्नुपर्छ, दिवसले मानिहाल्छन् । जेनीले दिवसलाई दिदीको कमी पटक्कै हुन दिइनन् । उनीहरूबीच कुरा मात्र मिल्दैन च्वाइस पनि मिल्छ । अहिले त जेनीले केही किन्नुपर्दा दिवससँग र दिवसले केही लिनुपर्दा दिवससँग सल्लाह लिन्छिन् । दिवसले अन्तर्राष्ट्रिय रूपमा जितेका ट्रफीहरू जेनीको बुटिकमा सजाईदिएका छन् ।

त्यतिमात्र होइन भाइले साना–ठूला अवार्ड जित्दा वा सफलता प्राप्त गर्दा दिदीले नै पार्टी दिन्छिन् । भाइको इनोसेन्स, रेस्पेक्ट र मेहनतबाट प्रभावित जेनीले विवाह गर्न लागेका भाइको सबै जिम्मेवारी सम्हालेकी छिन् । आमाको अर्काे वर्षतिर मात्र विवाह गराउने निर्णयलाई पनि दिदीकै कारण उल्टाइएको दिवस बताउँछन् । जेनी भन्छिन्–मेरा आफ्नै भाइ पनि छन्, तर दिवसलाई भावनात्मक रूपमा भाइ बनाएपछि हाम्रो दिदीभाइको सम्बन्ध कुनै रगतको नाताभन्दा कम छैन ।

कतिपय रगतका नाताहरू भोज र मलामीमा मात्र सँगै देखिने यो समयमा मनैले बनाइएको सम्बन्धले साँचो अर्थमा सम्बन्धप्रति न्याय गरिरहेको मान्छन्, दिवस ।

 Image