Successfully Copied

मनले जोडेको सम्बन्ध

आफ्ना दाजुभाइ वा दिदीबहिनी नहुँदा भाइटीकाप्रतिको महत्व पनि घट्दै जान सक्छ । हुन त आफ्ना दिदीभाइ नहुनेले काका, फुपूका छोराछोरीहरूलाई टीका लगाइदिने चलन छ । कतिपय आमाबुवाले आफ्ना दुई छोरीबीच नै पूजा गराउन थालेको पाइन्छ भने कतिपयले आफ्ना मिल्ने साथीका छोराछोरीहरूसँग टीका लगाइदिन

तिहारलाई दाजुभाइ एवं दिदीबहिनीबीचको सद्भाव पर्व मानिन्छ । अघिल्लो पुस्तासम्म पनि २–३ जना सन्तान हुने हुँदा आफ्नै दाजुभाइ तथा दिदीबहिनीबीच भाइटीका लगाइन्थ्यो । यद्यपि अबको पुस्तामा भाइटीकाकै कारण धेरैलाई तिहार मन नपर्ला भन्न सकिँदैन । मनोविज्ञ सानुमैंया तुलाधरका अनुसार आफ्ना दाजुभाइ वा दिदीबहिनी नहुँदा भाइटीकाप्रतिको महत्व पनि घट्दै जान सक्छ । हुन त आफ्ना दिदीभाइ नहुनेले काका, फुपूका छोराछोरीहरूलाई टीका लगाइदिने चलन छ ।

कतिपय आमाबुवाले आफ्ना दुई छोरीबीच नै पूजा गराउन थालेको पाइन्छ भने कतिपयले आफ्ना मिल्ने साथीका छोराछोरीहरूसँग टीका लगाइदिन थालेका छन् । भाइटीकामा आफ्ना दाजुभाइबाहेक अन्य व्यक्तिलाई पनि दाजुभाइ मानेर पूजाआजा गर्ने चलन नयाँ पनि होइन । एक दशकअघिदेखि नै काठमाडौंकी अञ्जली मास्केले दिदीबहिनी नभएका इच्छुक दाजुभाइलाई टीका लगाइदिँदै आएकी छिन् । यसरी खुल्ला रूपमा सबैलाई टीका लगाइदिनुको उद्देश्य दिदीबहिनी नभएका कसैको पनि निधार खाली नहोस् भन्ने नै हो ।

आफ्ना दिदीभाइ भएरै वा नभएर बनाइएका दाजुभाइलाई पूजा गर्नेहरू पनि धेरै छन् र तीमध्ये केही बनाइएका दाजुभाइ तथा दिदीबहिनीहरू आफ्नो सम्बन्धलाई रगतको नाताभन्दा माथि मान्छन् । यो सम्बन्धलाई आजीवन कायम राख्न चाहन्छन् । यी कुराले एकल सन्तानले आफ्ना दाजुभाइ वा दिदीबहिनी छैनन् भनेर तिहारमा खल्लो मान्नुपर्ने स्थिति छैन भन्ने सन्देश समेत दिन्छ ।

 

अभिभावकको भूमिकामा

विकास रौनियार (फोटो ग्राफर) तथा शिल्पा पोखरेल (नायिका)

सानैमा साथीहरूका दाजुहरूले आफ्ना बहिनीलाई माया गरेको देख्दा शिल्पाको मनमा दाजुको अभाव खट्किन्थ्यो । मलाई घरमा दाइ भएको भए कति रमाइलो हुन्थ्यो भन्ने लाग्थ्यो । हुन त भाइटीका खल्लो नहोस् भनेर उनी फुपूका छोरालाई टीका लगाइदिन्थिन् । शिल्पालाई टीका लगाउन मात्र दाजुभाइ चाहिएको थिएन । टीका लगाइदिने भाइ पनि विदेश गएपछि उनले कसैलाई भाइटीका लगाइदिन पाइनन् । सम्झना रौनियारको चलचित्र फागुमा काम गर्ने सिलसिलामा विकास रौनियारको व्यवहार, शालीनताका साथै सबैलाई एकनासको केयर गरेको देख्दा शिल्पालाई मेरो पनि दाइ भएको भए यस्तै हुन्थ्यो होला भन्ने लाग्यो र अनायासै विकास दाइ म तपाईंलाई भाइटीकामा टीका लगाइदिऊँ भनेर सोधिन् ।

नरम मिजासका विकासले पनि भैहाल्छ नि भनेपछि उनीहरूले विगत ३ वर्षदेखि भाइटीका लगाउँदै आएका छन् । हुन त विकास रौनियारकी आफ्नै दिदी पनि छिन् तर उनलाई बहिनीको अभावलाई शिल्पाले पूरा गरिदिएकी छिन् । टीका लगाइदिएपछि विकासले उनको थप केयर गर्न थाले । शिल्पालाई विकास रौनियार बनाइएका दाइजस्तो पटक्कै लाग्न छोडेको छ । दाजु विकाससँगै भाउजू सम्झना पनि उत्तिकै मायालु र व्यावहारिक भएकाले शिल्पा आफूले अभिभावक नै पाएको महसुस गर्छिन् । आफू काममा जता भए पनि टीका लगाउन विकास दाइकहाँ आइपुग्ने उनले बताइन् ।

यो क्षेत्रमा कोही पनि नभएकी शिल्पाले बलियो अभिभावकका रूपमा विकास रौनियारको साथ पाएकी छिन् । पहिले म बच्चाजस्तै थिएँ तर दाइको मार्गनिर्देशनले परिपक्व हुँदैछु । शिल्पा अहिले नयाँ चलचित्रमा काम गर्ने, विदेशका कार्यक्रममा जानेदेखि सबै कुरा दाइलाई भनेर ठीक छ भनेपछि मात्र गर्छिन् । अहिले शिल्पालाई सानोमा मेलामा छुट्टिएका दाजु भेटेजस्तो लाग्छन्, दाजु विकास रौनियार ।

 Image