दसैंमा अफरको बहार
नेपालमा चाडपर्व नजिकिँदै जाँदा उपभोक्ताको किनमेलको अनुभव पनि फेरिँदै गएको छ । आधुनिक रूपमा विकास भइरहेको सुपरमार्केट र अनलाइन किनमेलले छिटो, छरितो र विविध विकल्प उपलब्ध हुन थालेका छन् ।
अमेरिकी बहुराष्ट्रिय सौन्दर्य प्रसाधन निर्माता कम्पनी कोटी इङ्कको एकाई कोटी प्रोफेसनल ब्युटी नेपाल भित्रिएको छ ।
कम्पनीको हेयर केयर, हेयर स्टाइलिङ तथा हेयर कलर ब्रान्ड बेल्ला प्रोफेसनल्सका साथमा कोटी इङ्क नेपाली बजारमा प्रवेश गरेको हो । व्यापारिक समूह विशाल ग्रुप नेपालका लागि बेल्ला प्रोफेसनल्सको वितरक साझेदार हो ।
विशाल ग्रुपका निर्देशक अर्पित अग्रवालका अनुसार नेपालीहरू आफ्नो केश कलर गर्न विशेष रुचाउँछन् । यसका लागि बेल्ला उपुयक्त ब्रान्ड हो । हेयर केयर तथा स्टाइलिङमा विश्वमै शीर्ष स्थानमा रहेको ब्रान्ड बेल्लालाई लन्च गर्न पाउँदा खुसी लागेको अर्पितले बताएका छन् ।