Successfully Copied

सेसमी तोफु

तोफु २ सय ग्राम, लसुन १० ग्राम, बटर २० ग्राम, खैरो तिल १० ग्राम, रातो खुर्सानी १० ग्राम, नुन स्वादअनुसार, सेतो मरिच ५ ग्राम, खुर्सानीको पेस्ट २० ग्राम, टोमाटो केचप २० ग्राम, भेनेगर ५ मिलिलिटर, प्याज तथा अदुवा १०–१० ग्राम तथा कर्नफ्लोर आधा

सामग्री : तोफु २ सय ग्राम, लसुन १० ग्राम, बटर २० ग्राम, खैरो तिल १० ग्राम, रातो खुर्सानी १० ग्राम, नुन स्वादअनुसार, सेतो मरिच ५ ग्राम, खुर्सानीको पेस्ट २० ग्राम, टोमाटो केचप २० ग्राम, भेनेगर ५ मिलिलिटर, प्याज तथा अदुवा १०–१० ग्राम तथा कर्नफ्लोर आधा चम्चा ।

विधि : तोफुलाई बटरमा फ्राई गर्ने ।

ग्रेभी ससका लागि : तोफुबाहेक सबै सामग्री हालेर सोथे गर्ने । कर्नफ्लोरलाई पानीले घोलेर सोथेमै राखेर ग्रेभी बनाई तोफु पनि हालिदिने । यो सेसमी तोफु खानासँग खान सकिन्छ ।

रोजमेरी चिकेन

सामग्री : चिकेन २ सय ५० ग्राम ।

चिकेन मेरिनेट गर्ने ससका लागि : मस्टर्ड पेस्ट १० ग्राम, नुन स्वादअनुसार, अदुवा १० ग्राम, लसुनको पेस्ट १० ग्राम, भेनिगर ५ मिलिलिटर, रातो खुर्सानी ५ ग्राम, रोजमेरी ५ ग्राम,

ट्याम्स ५ ग्राम, कालो मरिच २ ग्राम, ओलिभ ओयल १ चम्चा ।

बनाउने बिधि : चिकेनलाई उक्त ससमा मेरिनेट गरी २० मिनेटपछि ग्रिल गर्ने । ग्रिल भएपछि रोजमेरी तथा लसुनले टपिङ गरि पस्कने ।

 Image