Successfully Copied

सुकुटी साँधेको

सुकुटीलाई हल्का तेलमा फ्राई गरेर एउटा बाबलमा राख्ने । त्यसमा अदुवा, लसुन, कागतीको रस, मरिच, नुन, हरियो लसुन, टिम्मुर तथा तोरीको तेल हालेर मोल्ने । यसरी तयार भएको सुकुटी स्न्याक्सका रूपमा चिउरासँग खान सकिन्छ ।

       

सुकुटी साँधेको

सामग्री : बफ वा चिकेनको सुकुटी ५ सय ग्राम, तेल १ चम्चा, अदुवा १ इन्चको साइजमा १ वटा, लसुन ३–४ वटा, कागती २ वटा, कालो मरिच १ टेबुल चम्चा, नुन स्वादअनुसार, हरियो लसुन १ मुठा, तोरीको तेल २ टेबुल चम्चा तथा टिम्मुर १ टेबुल चम्चा ।

विधि : सुकुटीलाई हल्का तेलमा फ्राई गरेर एउटा बाबलमा राख्ने । त्यसमा अदुवा, लसुन, कागतीको रस, मरिच, नुन, हरियो लसुन, टिम्मुर तथा तोरीको तेल हालेर मोल्ने । यसरी तयार भएको सुकुटी स्न्याक्सका रूपमा चिउरासँग खान सकिन्छ ।

फिस टेम्पुरा

सामग्री : बासा माछा ५ सय ग्राम, मैदा १ कप, आइस वाटर आधा लिटर वा आवश्यकताअनुसार, कालो मरिच १ चम्चा, नुन स्वादअनुसार, तेल डिप फ्राईका लागि ।

विधि : माछालाई राम्रोसँग सफा गर्ने । त्यसलाई फिंगर साइजमा काट्ने । एउटा बाबलमा मैदा, आइस वाटर, मरिच तथा नुन हालेर ब्याटर बनाउने । फ्राई प्यानमा तेल तताई माछालाई तयार भएको ब्याटरमा राखेर डिप फ्राई गर्ने ।

 Image