Successfully Copied

भिगन ब्रेकफास्ट सेट

उत्पला क्याफे बौद्ध

दिपाङ्कर थापा,प्रमुख सेफ उत्पला क्याफे बौद्ध


भिगन ब्रेकफास्ट सेट

सतेढ मसरुम, ह्यास ब्राउन आलु, भिगन बेकन, भिगन ससेस, मुङ दालको अम्लेट, ग्रिल टमाटो, ब्राउन बे्रड ।

सतेढ मसरुम
सामग्री -दुई सय ग्राम पराले मसरुम, ३० ग्राम प्याज, १५ ग्राम लसुन, पाँच ग्राम थाइम, पाँच ग्राम पार्ट, मरिच आधा चिया चम्चा, नुन स्वादअनुसार ।
विधि -सबै वस्तुलाई मिलाएर प्यानमा फ्राई गरेर तयार गर्ने ।

भिगेन बेकन र ससेस
सामग्री -एक सय ग्राम चुकन्दर, ५० ग्राम पराले मसरुम, ५० ग्राम तोफु २० ग्राम चनाको पिठो ।
विधि -सुरुमा चुकन्दर मसरुम उमालेर त्यसको पेस्ट बनाउने । बनिसकेको पेस्टलाई चनाको पिठोसँग मुछेर आवश्यकतानुसार नुन र मरिच हाल्ने । त्यसलाई प्लास्टिक ¥याप गरेर मम स्टिमरमा डेढ घण्टा पकाएपछि यो तयार हुन्छ । त्यसपछि भिगन ससेस पनि यही तरिकाले बनाएरससेसको आकार दिने र प्यानमा फ्राई गरेर तयार गर्ने ।

ह्यास ब्राउन आलु
सामग्री -१८० ग्राम बोइल आलु, ३० ग्राम प्याजको पत्ता, १५ ग्राम भुटेको प्याज, १० ग्राम भुटेको लसुन, दुई ग्राम जाइफलको धूलो, ५० ग्राम कर्नफ्लोर, नुन र मरिच स्वादअनुसार ।
विधि-उसिनेको आलुलाईगोलो आकार बनाउने । त्यसलाई कर्नफ्लोर र पानीमा घोल्ने । त्यसमा सबै कुरा मिसाउने । त्यसलाई पानीमा चारैतिर डुबाएर बे्रडक्रममा सेक्ने । डिप फ्राईमा सेकेपछि यो तयार हुन्छ ।ग्रिल टमाटोका लागिएक पिस टमाटरको माथि र मुनिको भाग काट्ने । त्यसमा बिरेनुन ड्राई अरिग्यानो छर्कने र प्यानमा एक मिनेटको फरकमा ग्रिल गर्ने ।

मुङ दालको अम्ले
सामग्री -१२ घण्टा भिजाएर राखेको मुङ दाल, ५० ग्राम मुङ दाल ब्लेन्ड गर्ने, पाँच ग्राम प्याज, पाँच ग्राम पानी, तीन ग्राम गोलभेंडा, दुई ग्राम धनियाँ, दुई ग्राम ग्रिन चिल्ली, आधा चिया चम्चा जिरा पाउडर, बेसार र बिरेनुन, एक चिया चम्चा कोकनट मिल्क ।
विधि -यी सबैलाई एकै ठाउँमा राखेर मिक्स गर्ने र प्यानमा अम्लेट फाई गर्ने ।





 Image