Successfully Copied

दसैं योजना

मानिसहरू विभिन्न काममा व्यस्त हुने भएकाले आफन्त एवं परिवारजनसँग निरन्तर भेट हुँदैन । दसैं सबैसँग भेटघाट गराउने माध्यम बन्छ । सबैसँग भेट हुनु तथा मान्यजनबाट आशीर्वाद थाप्न पाउनु दसैंको सबैभन्दा सुन्दर पक्ष हो । अहिले दसैंको नाममा विभिन्न विकृतिसमेत देखा पर्न थालेका छन्

आँचल शर्मा, अभिनेतृ

फेसन : फेसन त आफूले सिर्जना गर्ने कुरा हो । आफूलाई मन परेको जे लगायो त्यही नै फेसन हो । मलाई कुर्ता र साडी एकदमै मनपर्छ । त्यसैले यसपटकको दसैंभरि साडी एवं कुर्ता नै लगाउने सोंचमा छु ।

खानपान : मलाई कालो दाल, भात, घिउ, साग, टमाटरको अचार तथा आलु तारेको नेपाली सेट एकदमै मनपर्छ । दसैंको हकमा भन्ने हो भने खसीको भुटन भनेपछि म हुरुक्क हुन्छु । अर्को कुरा दसैंको मासुको स्वाद नै फरक हुन्छ । त्यसैले म दसैंमा मासुमात्र खान्छु ।

घुमघाम : मलाई कतै घुम्न जानभन्दा पनि परिवार सँगै बस्न मनलाग्छ । त्यसैले मैले घुमघामका लागि कुनै योजना बनाउने गरेकी छैन ।

किनमेल : पहिले सानै छँदा नयाँ कपडा किन्ने भनेपछि फुरुङ्ग हुन्थें । अहिले चाहिँ दसैंमा एउटा राम्रो कुर्ता मात्र किन्ने सोंचमा छु ।

मैले बुझेको दसैं : मानिसहरू विभिन्न काममा व्यस्त हुने भएकाले आफन्त एवं परिवारजनसँग निरन्तर भेट हुँदैन । दसैं सबैसँग भेटघाट गराउने माध्यम बन्छ । सबैसँग भेट हुनु तथा मान्यजनबाट आशीर्वाद थाप्न पाउनु दसैंको सबैभन्दा सुन्दर पक्ष हो । अहिले दसैंको नाममा विभिन्न विकृतिसमेत देखा पर्न थालेका छन् । यस्तो देख्दा चाहिँ केही नरमाइलो लाग्छ ।

चङ्गा–पिङ : मलाई चङ्गा उडाउन आउँदैन तर दाजुभाइले उडाएको हेर्न चाहिँ साह्रै मनलाग्छ । म पिङ खेल्न भने असाध्यै रमाउँछु । त्यसैले यसपटक मज्जाले पिङमा मच्चिन्छु ।

सृष्टि खड्का, मोडल

फेसन : मलाई क्याजुअल ड्रेस नै मनपर्छ । दसैंलगायतका चाडपर्वमा परिवारसँग रहने हुँदा कुर्ता–सुरुवाल लगाउँछु ।

खानपान : मलाई खानेकुरामा मनपर्ने दाल, भात, तरकारी नै हो । दसैंमा घरमा मासु बढी पाक्नु स्वाभाविक हो । म खानासँग त्यति मासु खाँदिन, खाजामा चाहिँ एकदमै मनपर्छ ।

घुमघाम : दसैंमा घुमघामका लागि थाइल्यान्ड जाने योजना छ तर फिक्स भएको छैन ।

किनमेल : दसैंका लागि म सबैभन्दा पहिले लुगा नै किन्छु । मलाई सपिङ एकदमै मनपर्छ । बाहिर कतै जाँदा केही पहिरनका साथै घर सजाउने सरसामान अनिवार्य रूपमा किन्छु ।

मैले बुझेको दसैं : दसैंले टाढाटाढा रहेका आफन्तहरूसँग भेटघाट गराउँछ । त्यतिबेलाको वातावरण निकै रमाइलो हुन्छ । परिवारका सदस्यहरूबीच एक–अर्काको दु:ख–सुख बुझ्ने एउटा माध्यम हो जस्तो लाग्छ दसैं ।

चङ्गा–पिङ : मलाई चङ्गा उडाउन आउँदैन तर पिङ खेल्न चाहिँ असाध्यै रमाइलो लाग्छ ।

 Image