Successfully Copied

दसैंमा फस्टिभ लुक्स

यसपटक फेरि अनारकल्लीको फेसन भित्रिएको छ । अनारकल्लीमा सफ्ट नेट नै बढी खुल्छ । नेटमा अनारकल्लीको घेरा र फिनिसिङ आकर्षक देखिन्छ । यो उमेरका लागि लङ स्कर्टमा सर्ट ज्याकेट पनि चल्तीमा छ । सिल्कमा थ्रेड वर्क वा मोती वर्क गरेर छोटा ज्याकेटसमेत

सोनी अमात्य, पोल्का डटकम, दरबारमार्ग

दसैं भन्नासाथ कतिपय मानिस हेवी पहिरन लगाउन खोज्छन् । यद्यपि यो समयमा मठमन्दिर गैरहनुपर्ने, नाचगान तथा घुमघाम गरिने वा पकाएर ख्वाइरहनुपर्ने भएकाले हेवी पहिरन लगाउनु मूर्खता नै हुन्छ । कलर र स्टाइलमा फेस्टिभ लुक्स आउने गरी हल्का फेब्रिकमा सजिलो पहिरन रोज्नुपर्छ । धेरै भड्किलो कलर पनि उपयुक्त हुँदैन । हल्का कलर र फेब्रिकमा नेट, जर्जेटमा स्टोन वर्क, थ्रेड वर्क तथा वोर्डर वर्क प्रयोग गर्दा आकर्षक देखिनुका साथै सहज पनि हुन्छ । साडीलाई पनि लेहेंगा स्टाइलको बनाएर लगाउन सकिन्छ भने टिनएजरहरू पनि जिन्समा एचेट गरी साडी स्टाइलको पहिरन लगाएर युनिक देखिन सक्छन् ।

सुनीता उप्रेती, जुनेली बुटिक

मिलाएर लगाउने हो भने जस्तोसुकै पहिरन पनि राम्रो देखिन्छ । कालो वर्णका युवतीहरूलाई एल्लो कुर्तामा बेबी पिंक सल र जिन्स लगाउँदा युनिक तथा आकर्षक देखिन्छ । मोटा युवतीले भने ठूला फ्लावरी प्रिन्ट लगाउनु हुँदैन । भरसक एउटै कलरको सानो प्रिन्ट मिलाएर लगाउनुपर्छ । दसैंमा झिलिमिली रातो भन्दा सोबर ब्राइट कलरका पहिरन तयार गराउन सकिन्छ । म्याक्सी ड्रेस तथा लङ कुर्तीमा चुज पाइन्ट पनि उपयुक्त हुन्छ । फेस्टिभका लागि गला र हातमा इम्ब्रोइडरी गरी त्यस्ता पहिरनलाई रिच लुक दिन सकिन्छ । चिसो सुरु हुने भएकाले स्कार्फ, छोटो ज्याकेट वा कोट लगाए स्मार्ट देखिन सकिन्छ । प्लेन कुर्तामा इम्ब्रोइडरी सल, इम्ब्रोइडरी पर्स, जुत्ता, ज्वेलरी तथा मेकअपले क्लासी लुक्स दिन्छ । प्लेन फेब्रिकमा लेस वर्क, सेप वर्क तथा रिच देखिने फेब्रिकहरूमा कुर्ता वा गाउन स्टाइलको वान पिस लगाउन सकिन्छ ।

मीरा महर्जन, नोभा फेसन हाउस

टिनएजरहरूका लागि लेहेंगा, साडी, लङ कुर्ती, विथ पाइन्ट, प्लाजो तथा फ्लोर लङ अनारकल्ली नै उपयुक्त हुन्छ । अनारकल्लीलाई पनि हाइट, मोटाइ तथा स्किन टोनअनुसार धेरै थरिबाट मोडिफाइ गरेर तयार पार्न सकिन्छ । लङमा माथि नेट दिएर, मोर्डेन टच दिन सकिन्छ । टिनएजरका लागि यो कलर भन्ने नै छैन, यद्यपि उनीहरू रातोभन्दा अरेञ्ज, एल्लो, पिच, गोल्डेन तथा ब्लु कलर बढी रुचाउँछन् । फेब्रिकमा सफ्ट नेट, जर्जेट तथा ब्रोकेट उपयुक्त हुन्छ । यसपटक फेरि अनारकल्लीको फेसन भित्रिएको छ । अनारकल्लीमा सफ्ट नेट नै बढी खुल्छ । नेटमा अनारकल्लीको घेरा र फिनिसिङ आकर्षक देखिन्छ । यो उमेरका लागि लङ स्कर्टमा सर्ट ज्याकेट पनि चल्तीमा छ । सिल्कमा थ्रेड वर्क वा मोती वर्क गरेर छोटा ज्याकेटसमेत लगाउन सकिन्छ ।

 Image