Successfully Copied

गृहिणीहरुको सहयोगी

पानीको तिर्खा जुसले मेट्दैन भनेजस्तै टेलिभिजनको सौख इन्टरनेटले पूरा नगर्ने प्रमोदको दाबी छ । उनले विश्वकप सकिएपछि घरमा टेलिभिजन ल्याउने निधो गरे । सामसुङ क्यु एलइडी टेलिभिजन खरिद गरेपछि अहिले उनी निकै खुसी छन् । फुर्सदमा समाचार र खेलकुद हेर्न टेलिभिजन सहज हुने

प्रविधिले संसार साँघुरिँदैछ । हाम्रा हरेक गतिविधि तथा मनोरञ्जनको शैलीमा समेत त्यसको प्रत्यक्ष प्रभाव परिसकेको छ । प्रमोद कार्कीसँग डिजिटल साधन नहुँदा भोग्नुपरेको नमीठो अनुभव छ । केही महिनाअघि सम्पन्न विश्वकपताका आफूसँग टेलिभिजन नहँुदा उनी निकै छटपटाएका थिए । ‘अरूको घरमा टेलिभिजन हेर्न जानुपर्ने बाध्यता थियो’, कार्की सम्झन्छन्, ‘हुन त इन्टरनेटमा पनि फुटबल हेर्न पाइन्थ्यो तर, टेलिभिजनमा हेर्नुको मज्जा बेग्लै हुँदोरहेछ ।’

पानीको तिर्खा जुसले मेट्दैन भनेजस्तै टेलिभिजनको सौख इन्टरनेटले पूरा नगर्ने प्रमोदको दाबी छ । उनले विश्वकप सकिएपछि घरमा टेलिभिजन ल्याउने निधो गरे । सामसुङ क्यु एलइडी टेलिभिजन खरिद गरेपछि अहिले उनी निकै खुसी छन् । फुर्सदमा समाचार र खेलकुद हेर्न टेलिभिजन सहज हुने कार्कीले बताए । अहिले उनले इन्टरनेट स्लो भएर अड्किने समस्याबाट छुटकारा पाएका छन् । ‘इन्टरनेट सामाजिक संजाल चलाउन प्रयोग गर्छु’, प्रमोद भन्छन्, ‘अरू गतिविधि टेलिभिजनमै हेर्छु ।’

घरको काम अथाह हुन्छ । दैनिक जागिरे जीवनसँगै परिवारको सरसफाइ समेत महिलाले गर्नुपर्ने चुनौती छ । पार्वती खनालले सहयोगीका रूपमा केही आधुनिक भाँडाकुँडा खरिद गरेकी छिन् जसमध्ये एउटा हो–वासिङ मेसिन । कसरी सरल तरिकाले कपडा धुन सकिएला ? श्रम र समयको पनि बचत गर्न सकिएला ? भन्ने विषयमा उनी गम्भीर थिइन् । परिणाम उनले सजिलो उपाय वासिङ मेसिन रोजिन् ।

अनामनगरका किशोर श्रेष्ठ दसंै–तिहार सँगै चिसो मौसम सुुरु हुने भएकाले कोठामा बस्दा तातो बनाउने हिटरको खोजी गर्दै इलेक्ट्रिक पसल पुगे । उनलाई करिब तीन वर्षदेखि चिसो बढ्नेबित्तिकै खुट्टा सुन्निने समस्या छ । त्यसैले उनले चिसोबाट जोगिनुपर्ने हुन्छ । ‘पहिले–पहिले आगो तापिन्थ्यो, अहिले त त्यो कता हरायो–हरायो ?’ श्रेष्ठले भने । श्रेष्ठजस्तै अहिले मानिसहरू आधुनिक उपकरणहरू प्रयोग गर्दै आएका छन् । नयाँ–नयाँ प्रविधिसँग अभ्यस्त हुँदै गएका छन् । घरका बालबालिकादेखि बूढाबूढीसम्मको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले पनि एयर फिल्टर जडान गरेको शर्माले बताए । ‘राजधानीमा धूलो–धूवाँको कहिल्यै कमी हुुँदैन बरु आफै जोगिने उपाय अपनाउँदै एयर फिल्टर जडान गरें ।’ यसको प्रयोगबाट श्वासप्रश्वाससम्बन्धी रोगबाट जोगिन सकिने शर्माको बुझाइ छ ।

आफ्नो कोठामा एसी जडान गर्ने रहर हुुँदा पनि पैसाको अभावले टेक परियारले एसी खरिद गर्न सकेनन् । एसीको विकल्पका रूपमा उनले टेबल फ्यान खरिद गरे । गर्मीमा उनले फ्यानमार्फत शीतलता महसुुस गरेका छन् । फ्यान जता पनि जडान गर्न मिल्ने भएकाले उनलाई सहज लागेको छ । खाना खाँदा होस् वा कोठामा बस्दा उनको अगाडि फ्यान घुुमिरहेको हुुन्छ । ‘गर्मी कम गर्न स्ट्यान्ड फ्यान एकदमै सहयोगी छ ।’ झापाका किशोर भण्डारी काठमाडौंमा डेरामा बसेर व्याचलर पढ्दैछन् । विद्यार्थी जीवन त्यसमाथि पनि डेराको दैनिकी । दैनिक कलेज जानुुुपर्ने भएकाले कपडा आइरन गर्नुुपर्ने एकदमै आवश्यकता महसुुस गरे उनले । सोलुुखुुम्बुुमा जन्मिएका ९० वर्षीय छिरिङ शेर्पा अहिले बिजुुली बत्तीले घर उज्यालो भएको देख्दा छक्क पर्छन् । आफ्नो बाल्यकाल टुुकी बालेर गुुजारा गरेका शेर्पाले यस्तो झिलमिली होला भनेर कल्पनासम्म गरेका थिएनन् ।

गोविन्द अग्रवाल, ब्रान्च कोअर्डिनेटर, एल जी इलेक्ट्रोनिक, टेकुु

‘अहिलेको समय प्रविधिको हो । नेपालीहरू पनि प्रविधिसँग अभ्यस्त हुुन थालेका छन् भने विद्युुतीय माध्यमद्वारा सञ्चालित फ्यान, हिटर, आइरन आदिको माग बढिरहेको छ । अहिले बजारमा फ्यान हिटर, टुु रड हिटर, हेलोजिन हिटर आदि भित्रिएका छन् जसको मूल्य २ हजारदेखि ३ हजार ६ सयसम्म पर्छ । त्यसमा एक वर्षको वारेन्टी पनि छ । त्यसैगरी फ्यानहरूमा टेबल फ्यान, वाल फ्यान, स्डान्ड फ्यानहरू छन् जसको मूल्य १ हजारदेखि ३ हजार ४ सयसम्म पर्छ ।’ अहिले यस्ता सामानहरू निरन्तर बिक्री भैरहेका छन् । हामीले यहाँबाट देशभर सप्लाई गरिरहेका छौं । सामान किन्न आउँदा ग्राहकहरूलाई यी सामान प्रयोग गर्ने तरिका पनि सिकाएर पठाउँछौं ।’

 Image