ढुकढुकीको सफलता
आश्विन १४, २०७५
इन्दिरा भट्टराईले २०५८ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेर गायनको औपचारिक यात्रा थाल्दा आज जस्तो अवार्डको माहोल थिएन् । केहि समय नेपाली गीत/संगीतमा साधना गरेकी इन्दिरा जब गायनबाट अलि पर पुगिन् गीत/संगीतमा लाग्नेहरुको प्रोत्साहनका लागि थुप्रै अवार्डको स्थापना र वितरण भए । गीत/संगीतको यहि माहोल हेर्दै रमाएकी इन्दिराको पोल्टामा पनि यस पटक भने अवार्ड परेको छ ।
उनलाई अवार्ड दिलाउन सफल गीत चलचित्र पत्रकार शान्ति प्रियले लेखेका हुन् भने संगीत सन्तोष श्रेष्ठले दिएका थिए । गीतको म्यूजिक भिडियोमा भने अभिनेता श्रीदेव भट्टराई तथा अभिनेत्री अनु शाहले वियोगान्त भावमा अभिनय गरेका छन् ।
अवार्ड प्राप्त गीतको म्यूजिक भिडियो :
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्