Successfully Copied

ढिकिच्याउ खेल्दै आईन खुश्बु

अभिनेत्री खुश्बु खड्का ‘ढिकिच्याउ’खेल्दै दर्शक माझ प्रस्तुत भएकी छिन् । खुश्बु गायिका सहिमा श्रेष्ठको नयाँ गीतको म्यूजिक भिडियोमा यसरी प्रस्तुत भएकी हुन् । खुश्बुसँग ठिटोज एण्ड टिम र सुनिल क्षेत्री प्रस्तुत भएका छन् ।

गायिका सहिमाले नयाँ गीत ‘ढिकिच्याउ’ सार्वजनिक गरेकी छन् । सहिमासँगै गायक सन्दिप न्यौपाने पहिलो पटक आधुनिक गायनमा देखा परेका छन् । थुप्रै लोक गीत गाएका सन्दिप यो गीतबाट निक्कै आशावादी पनि देखिएका छन् । नेपाली सुगम संगीतमा निक्कै चर्चा कमाएकी सहिमा भने यो समयकी ब्यस्त गायिकाको सूचीमा पर्ने गायिका हुन् ।

सार्वजनिक गीत गायक सन्दिप न्यौपानेलेनै लेखेका हुन् । गीतमा गोबिन्द मधुर आचार्यले संगीत गरेका छन् ।

सहिमाको सार्वजनिक गीतमा खुश्बुलाई नचाउने काम भने निर्देशक सुनिल क्षेत्रीले गरेका हुन् । टंक केसीको छायांकन रहेको गीतको म्यूजिक भिडियोलाई बिकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

ढिकिच्याउको म्यूजिक भिडियो :

 Image