Successfully Copied

संगीतको ढुकढुकी

सुदुरपूर्वबाट राजधानी आएर सुदुरपश्चिमको देउडाबाट गायन यात्रा प्रारम्भ गरेकी इन्दिराले त्यसताका करिव एक दर्जन गीत रेकर्ड गराएकी थिईन् । गीतसंगीतको राम्रो माहोल भएको परिवारमा जन्मिएकी उनी भाग्यमानी छोरी हुन् । उनले आफ्नै जन्मथलो तेह्रथुमबाट गायनयात्रा सुरु गरेकी हुन् ।

लामो समयदेखि नेपाली सुगम संगीतमा सक्रिय इन्दिरा भट्टराई नयाँ गीतको म्यूजिक भिडियो सहित बजारमा आएकी छिन् । २०५८ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेसँगै औपचारिक रुपमा गायनमा लागेकी भट्टराईले त्यसैताका केहि गीतहरु रेकड गराएकी थिइन् ।

सुदुरपूर्वबाट राजधानी आएर सुदुरपश्चिमको देउडाबाट गायन यात्रा प्रारम्भ गरेकी इन्दिराले त्यसताका करिव एक दर्जन गीत रेकर्ड गराएकी थिईन् । गीतसंगीतको राम्रो माहोल भएको परिवारमा जन्मिएकी उनी भाग्यमानी छोरी हुन् । उनले आफ्नै जन्मथलो तेह्रथुमबाट गायनयात्रा सुरु गरेकी हुन् । सुरु गर्न परिवारको हौसला प्राप्त गरिन । ३ वर्षको कलिलो उमेरमा नै गाउन स्टेज चढेकी इन्दिराले त्यहि हौसलाका कारण निरन्तर गीत/संगीतको सपना देख्दै हुर्किईन् ।

औपचारिक रुपमा भने उनको गायन यात्रा राजधानी आएपछि नै सुरु भएको देखिन्छ । गायनसँगै व्यवसायमा लागेकी इन्दिराले व्यवसाय बिस्तारका क्रममा लामो समय गायनबाट ओझलमा बस्नु पर्‍यो । नेपाली आधुनिक संगीतमा रमेकी इन्दिरा पछिललो समय भने एल्वमको तयारीमा लागेकी छिन् । हालै उनले सार्वजनिक गरेको गीत उनको बजारमा आउने तयारीमा रहेको एल्वमको गीत हो ।

उनको स्वरमा हालै सार्वजनिक भएको गीतमा शान्तिप्रियका शब्द तथा सन्तोष श्रेष्ठको संगीत रहेको छ । गीतको भिडियो काशिज श्रेष्ठले निर्देशन गरेका हुन् । भिडियोमा अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री अनु शाहले अभिनय गरेका छन् । अजय रेग्मीको छायाँकनरहेको भिडियोलाई दीपक विष्टको सम्पादन हुन् ।

 

ढुकढुकीको म्यूजिक भिडियो :

 Image